Shittalpati
लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टरको जागिर गुम्यो

बुटवल, लुम्बिनी प्रादेशीक असपतालका पाँच जना डाक्टरको जागिर गुमेको छ । कोरोनाभाइरसको महामारीको विषम परिस्थितिमा विरामीलाई उपचार गर्नु पर्नेमा नियमित अस्पताल उपस्थित नभएको भन्दै अस्पतालले डाक्टरहरुलाई सेवाबाट हटाएको हो । अस्पताललाई कुनै जानकारी नदिइ अस्पतालमा नआउने चिकित्सकलाई सेवाबाट हटाइदिएको अस्पतालले जनाएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डाक्टरहरूलाई कारवाही गरिएको छ । हटाइएका सबै करारमा कार्यरत चिकित्सकहरु हुन् ।

 

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update