Shittalpati
कोरोना कोषमा शाइन रेसुंगा बैंकको साढे २५ लाख सहयोग

पाल्पा, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ। बैंकले प्रदेश पाँच सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल,बैंकका पूर्व अध्यक्ष थानेश्वर पौडेल,सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईले मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

चेक ग्रण गर्दै मुख्य मन्त्री पोखरेलले बैंकले विपद्मा देखाएको सहयोग र सद्भावको प्रसंशा गर्दै धन्यवाद दिए । उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र संक्रमतिको उपचार सरकार एक्लैले गर्न नसक्ने हुंदा निजी क्षेत्रको साथ र सहयोगको खांचो रहेको औल्याए । बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्वलाई आत्मासाथ गर्दैै आर्थिक सहयोग गरेको बताए । उनले अस्पतालहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु समेत उपलब्ध गराउने प्रतिवद्धता जनाए । शाईन रेसुङ्ग बैंक प्रदेश ५ का पाँचवटा विकास बैंकहरु मिलेर प्रदेशकै पहिलो राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ ।


सातैवटा प्रदेशमा रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु खोलिएको छ । यी खाताहरुमा कनेक्ट आइपिएस, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने बताइएको छ । कोही कसैले सहयोग गर्न चाहेमा प्रदेश पाँच सरकारले सञ्चालन गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल जम्मा गर्न सक्ने छन् ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update