Shittalpati
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन्

पाल्पा, शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणीको ६ सय ४७ पदमा शिक्षक छनोट हुन सकेका छैनन् । आयोगले २ हजार ६ सय ६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर ६ सय ४७ पदमा शिक्षक छनौट नै हुन नसकेका हुन् ।

२ हजार ६ सय ६ रिक्त पद मध्य १ हजार ९ सय ५९ जना शिक्षक सिफारिस गरेको आयोगका प्रवक्ता सुदर्शन मरहाले जानकारी दिए । उनले भने, ‘हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन ।’ आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । गणित विज्ञान, विज्ञान र गणित विषयमा माग अनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update