चाडपर्वले दिने सन्देश
बुधबार, भदौ ५, २०८१
यलदेखि तानसेनसम्म मतयाको यात्रा
सोमबार, भदौ ३, २०८१
ढोकाको खापामा ढकढककोे आवाजले यस पंक्तिकारकोे लेखनमा क्रमभङ्ग हुन गयो । ढोका खोल्नतिर लागेँ । ढोका खोलेपछि ढोकाको सामुन्ने मंगल दाइ (मंगलप्रसाद बज्राचार्य, टक्सार टोल) ठिङ्ग उभिरहनु भएको थियो ।
जात्रै जात्राको शहर : तानसेन
सोमबार, भदौ ३, २०८१
लुम्बिनी प्रदेशको उत्तर पहाडमा पर्ने जिल्ला पाल्पा हो ।
जनैको धार्मिक र वैज्ञानिक महत्व
आइतबार, भदौ २, २०८१
भोलि (सोमबार) जनैपूर्णिमा पर्व हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । जो जनै लगाउँछन् (ब्राह्मण, क्षत्री र वैश्य) उनीहरुको लागि यो...
बढ्दो बेरोजगारीको चिन्ता
शनिबार, भदौ १, २०८१
मुलुकमा बेरोजगारीको अवस्था बढ्दो छ । धेरै युवा शक्ति बेरोजगार भएर बस्नु परेको अवस्था छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुनै पनि काम नभएर त्यसै बस्नु हो ।
नेतृत्व नै सामन्ती भएपछि...
शुक्रबार, साउन ३२, २०८१
यतिखेर मुख्य दुई ठूला दलहरुको एकै ठाउँमा छन् । काँग्रेस र एमालेको नेतृत्वमा अहिले सरकार चलिरहेको छ । दुई दलको मिलेमतोमा सरकार बने पनि आमजनता भने सरकारप्रति उत्साहित छैनन् । जनता मात्र नभई त्यही दलका कार्यकर्ता समेत खुसी छैनन् । पहिलो त लुम्बिनी सरकारको विषयमा नेकपा एमाले भित्र खलबल भयो ...
खबरदारी गरौं
शुक्रबार, साउन ३२, २०८१
देशमा कसैको पनि बहुमत नआएपछि राजनीतिक दलहरुले आलोपालो गरी सरकार सञ्चालन गर्दै आएका छन् । जुन सुकै दल र नेताले सत्ता सम्हाल्दै आए पनि जनताले भने कहिल्यै सुखको अनुभूति गर्न पाएका छैनन् ।
सहकारीपीडितप्रति गम्भीर बन
बिहीबार, साउन ३१, २०८१
पटक–पटक सरकार परिवर्तन भए तर पनि सहकारीपीडितका माग जस्ताको त्यस्तै छन् । आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी एक वर्ष भन्दा बढी भयो । सहकारीबाट बचत फिर्ताको माग गरेर आन्दोलनमा उत्रेका पीडितले पटक–पटक सरकारसँग सम्झौता गरे पनि अझैसम्म फिर्ता पाउन सकेका छैनन् ।
राजनैतिक संस्कार र युवा
बुधबार, साउन ३०, २०८१
नेपाली राजनीति र राजनेता प्रति आमनागरिकहरुको श्रध्दामा कमी आउँने क्रम बढी रहेको छ । फलस्वरुप अहिले मुलुकको अवस्थाका बिषयमा नयाँ पुस्तामा व्यापक नकारात्मक सोंचको बिकास भएको अनुभूति पनि भएको छ ।
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं
मंगलबार, साउन २९, २०८१
पाल्पालगायत देशैभर डेंगी संक्रमण बढ्दो छ । घाम लाग्ने र पानी पर्ने भइरहेकाले यसको संक्रमण दिनहुँ बढ्दै गएको छ । पाल्पामा जनावरी १ यता एक सय १५ जनामा डेंगी संक्रमण देखिएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । बढ्दो संक्रमणले आमजनतामा अत्यास निम्त्याएको छ ।
युवाका समस्या जस्ताको त्यस्तै
सोमबार, साउन २८, २०८१
आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ...
बंगलादेशको घटनाबाट पाठ सिकौं
आइतबार, साउन २७, २०८१
बंगलादेशमा भएको घटनाले यति बेला विश्वको ध्यान खिचेको छ । लगातार १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले गत सोमबार सत्तासँगै देश छाड्नुपरेको घटना यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । लोकतन्त्रकी सेनानीको रुपमा छवि बनाएको व्यक्तिले एकाएक सत्ता र देश छोड्नुले पनि स्वभाविक रुपमा चासो हुनुलाई...