Shittalpati
संसदलाई प्रतिशोध पोख्ने थलो कहिलेसम्म बनाउने ?
संसदलाई प्रतिशोध पोख्ने थलो कहिलेसम्म बनाउने ? विगत केहि महिना अगाडि देखि देशको जिम्मेवार राजनीतिक दल नेकपा ऐमालेले विभिन्न बहाना र विषयलाई लिएर संसद नियमित सञ्चालन गर्ने प्रक्रियामा अवरोध सिर्जना गरि रहेको देखिन्छ भने अर्को तर्फ सत्ता पक्ष यसको अन्त्यका लागि मौन देखिन्छ  ।
नाग पञ्चमी र शास्त्रीय परम्परा
नाग पञ्चमी र शास्त्रीय परम्परा हिन्दु धर्मशास्त्र अनुसार आज नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँ–बायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ । ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक,...
नहोस् नागरिकको स्वास्थ्यमा खेलवाड
नहोस् नागरिकको स्वास्थ्यमा खेलवाड प्रायः बाहिरबाट आउने सबै तरकारी विषादी हुने गरेको छ । यस्तो तरकारीको सेवन स्वास्थ्यका लागि हानिकारक हो भन्ने जानकारी छ तर, बाध्यताले यसको प्रयोग गर्नु परेको छ । भारतबाट आयात हुने तरकारीमा अत्याधिक मात्रमा विषादी हुने गरेको छ । सरकारी तवरबाट यसको कडाइका साथ परीक्षण हुन नसक्नु दुखद् हो ।
१२ कक्षाको नतिजाले दिएको सन्देश
१२ कक्षाको नतिजाले दिएको सन्देश मंगलबार कक्षा १२ को परीक्षाफल प्रकाशित भएको थियो । वैशाख २६ गतेबाट जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा झण्डै तीन महिनापछि आएको छ । परीक्षामा नियमिततर्फ झण्डै ३ लाख ७३ हजार र आंशिकतर्फ करिब ६१ हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
संघीयताप्रति वितृष्णा
संघीयताप्रति वितृष्णा पछिल्लो समय राजनीतिक दल र सरकारका गतिविधिबाट जनता आजित भएका छन् । न सरकार जनताप्रति संवेदनशिल बनेको छ त नत राजनीतिक दलहरु नै । आ–आफ्ना स्वार्थका लागि उनीहरु एक आपसमा लडिरहेका छन् । जसको मारमा आम नागरिक पर्ने गरेका छन् ।
मोबाइलले बिगारेको हाम्रो समाज
मोबाइलले बिगारेको हाम्रो समाज आज भोलि चौपारी, पाटी, पौवामा बसेर दुःख–सुःख का विषयमा साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरु बिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । व्यक्ति–व्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको अनुभुति गर्न सकिन्छ । अच्चम लाग्यो होला यी भनाईहरु सुन्दा । अच्चम मान्नुपर्ने कुनै कारण पनि देखिदैन् । हो आजभोली...
पूर्वाधार निर्माण गर्दा ध्यान देऊ
पूर्वाधार निर्माण गर्दा ध्यान देऊ गत वर्षझैं यस वर्ष पनि वर्षायामको सुरुवातसँगै सानादेखि ठूला पहिरोहरू जाने क्रम जारी छ । पछिल्लो समय हेर्ने हो भने जति पनि बाढी पहिरोका घटनाहरू भएका छन् । ती सबै सधैं जस्तै भारी वर्षालाई र भिरालो जमिनलाई मात्रै दोषारोपण गर्ने खालका देखिंदैनन् ।
लोकतन्त्र खतरामा
लोकतन्त्र खतरामा सरकार फेरिए पछिका नयाँ तरङ्गहरु बेला–बेलामा आउने गर्छन् । यो पटक पनि प्रचण्ड प्रधानमन्त्री भएपछि उतार चढाव भइरहेका छन् । कहिले सुनकाण्ड त कहिले जग्गाकाण्डका कारण विभिन्न खालका विविध शैलीमा राजनैतिक व्यक्तित्वहरु प्रति उनीहरुका खराब क्रियाकलापको राज्य र जनस्तरबाट भण्डाफोर हुँदै गएको अवस्था छ, अहिले ।
पर्यटन उठाउन ध्यान देऊ
पर्यटन उठाउन ध्यान देऊ मुलुकको आर्थिक मेरुदण्डका रुपमा पर्यटन व्यवसायीलाई लिने गरिन्छ, तर हिजोआज त्यहि व्यवसायी अत्यन्त कमजोर बनेको छ । कोरोना महामारीका बेलादेखि सुस्ताएको पर्यटन व्यवसायी अहिले केही उठे जस्तो गरे पनि खासै गति लिन सकिरहेको छैन । सरकारी तवरबाट समेत पर्यटन व्यवसायीलाई माथि उकास्ने काम हुन सकेको छैन ।
संसद्लाई बन्धक नबनाऊ
संसद्लाई बन्धक नबनाऊ प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले साउन १० यता प्रतिनिधिसभा चल्न दिएको छैन । मुलुकमा आर्थिक मन्दीले आम नागरिक प्रताडित भइरहेका छन् ।
वर्षा भइरहेको छ, सतर्क रहौं
वर्षा भइरहेको छ, सतर्क रहौं केही दिनदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुुई दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
औपचारिकतामै सिमिति नहोस् युवा दिवस
औपचारिकतामै सिमिति नहोस् युवा दिवस अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । राष्ट्र संघकै घोषणा अनुसार हरेक वर्षको १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ ।
Weather Update