Shittalpati
आदिवासी दिवस र जनजाति आन्दोलन
आदिवासी दिवस र जनजाति आन्दोलन नेपाल सहित विश्वभर आदिवासी दिवस मनाइएको छ । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो हरेक वर्षको अगष्ट ९ मा मनाउने गरिन्छ ।
मुलुकको राजनैतिक अवस्था : हाम्रो दायित्व
मुलुकको राजनैतिक अवस्था : हाम्रो दायित्व हाम्रा धार्मिक चाडपर्वहरु हामी सबैका आँगनमा तछाड मछाड गरेर आउँदैछन् । बर्षायामसँगै अहिले जताततै हरियालीमयी प्रकृतिको मनोरम आनन्दमयी वातावरण निर्माण भइरहेका बेला मानो रोपेर मुरी उब्जाउने चटारोसँगै मुलुक निर्माण गर्ने जिम्मेवार निकायहरु अहिले गैर राजनैतिक चरित्रको शिकार भएका छन् ।
धान उत्पादन बढाऔं
धान उत्पादन बढाऔं सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा धान उत्पादन भने घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष भने धान उत्पादन झन घट्ने अनुमान गरिएको छ । साउनको मध्य हुँदा मुलुकभर धान रोपाइँ ७७ प्रतिशत मात्र भएको छ ।
लामखुट्टेको टोकाइबाट बचौं
लामखुट्टेको टोकाइबाट बचौं पानी पर्न सुरु भएदेखि डेंगीका विरामी बढ्दै गएका छन् । देशभरका जिल्लाहरुमा डेंगीका विरामीहरु बढेका छन् । यो मौसममा बढी सचेत र सजग हुनुपर्छ । अहिले डेंगु महामारी ६९ जिल्लामा प्रवेश गरिसकेको छ ।
सम्बन्ध मजबुत बनोस्
सम्बन्ध मजबुत बनोस् अन्तर्राष्ट्रिय मित्रता दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिए पनि नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार मनाउने गर्दछन् ।
के एमालेले सधै संसद् अवरोध गरिरहने हो ?
के एमालेले सधै संसद् अवरोध गरिरहने हो ? प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसद् अवरोध गर्ने कार्य उसको विशेषता नै बनेको छ । सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । जनताका प्रतिनिधिहरूको आवाज व्यक्त गर्ने ठाँउ निरन्तर अवरोध हुँदा संसद्माथि नै प्रश्न उठ्ने गरेको छ । एमालेले अब कतिञ्जेल यो...
लम्पी स्किन पीडितलाई क्षतिपूर्ति देऊ
लम्पी स्किन पीडितलाई क्षतिपूर्ति देऊ देशभरका पशुमा देखिएको ‘लम्की स्किन’ रोग महामारीको रुपमा देखिएको छ । यो रोगका कारण हजारौं पशुको मृत्यु हुँदा पनि यसको रोकथामतर्फ कसैको ध्यान गएको देखिँदैन । सरकारले यस रोग नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी गरे पनि पूर्णरुपमा रोकिएको छैन ।
मानसिक स्वास्थ्यमा लापरवाही नगरौं
मानसिक स्वास्थ्यमा लापरवाही नगरौं पछिल्लो समय मानसिक समस्याले धेरै मानिसहरु ग्रसित बनेका छन् । यो आाम समस्याका रुपमा देखापर्दै गएको छ । यो चिन्ताको विषय हो । विभिन्न कारणले मानिसहरु मानसिक रुपमा विक्षिप्त हुने गरेका छन् । कोभिड पछिको समयलाई हेर्ने हो भने यो समस्या झन् विकराल बनेको छ ।
गम्भीर बन सरकार
गम्भीर बन सरकार सरकार नागरिकको नजिकको अभिभावक र देशलाई संसारकै उत्कृष्ट मुलुकका रुपमा अगाडि बढाउने काममा लागि पर्ने महत्वपूर्ण अंग पनि हो भन्ने शब्द केवल भाषिक मात्र भएका छन् । त्यसकारण सरकार आफैमा गम्भीर र जिम्मेवार हुनुको विकल्प छैन ।
जनता प्राथमिकतामा पर्दैनन् भने राजनीति कसका लागि ?
जनता प्राथमिकतामा पर्दैनन् भने राजनीति कसका लागि ? स्थिर सरकार र स्थिर राजनीति नेपाली आम जनताले दशकौं अगाडिदेखि चाहना गरेको विषय हो । चाहना नहोस् पनि किन विकसित देशहरुको अवस्थालाई हेर्दा ती देशहरु विकसित हुनुको कारणको रुपमा पनि स्थिर राजनीति अवस्थालाई नै मुख्य कारणको रुपमा लिने गरिन्छ ।
स्तनपान सप्ताह र स्तनपान
स्तनपान सप्ताह र स्तनपान विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्मलाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिएको छ । स्तनपान सप्ताह एक वार्षिक उत्सव हो । जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा...
डेंगुबाट बच्न सतर्कता जरूरी
डेंगुबाट बच्न सतर्कता जरूरी वर्षासँगै डेंगु संक्रमण बढ्दै गएको छ । अहिले देशका अधिकासं अस्पतालहरुमा डेंगुका बिरामीको चाप देखिन्छ । दिनहुँ डेंगु संक्रमितहरु बढ्दै गए पनि सुरक्षा सतर्कतामा भने ध्यान दिएको देखिँदैन । अहिले डेंगु महामारी ६९ जिल्ला प्रवेश गरिसकेको छ । गर्मीयामको चरमोत्कर्ष बाँकी नै छ ।
Weather Update