मानव बेचबिखन विरुद्ध दिवसको सार्थकता
आइतबार, साउन १४, २०८०
बाघ दिवसको सार्थकता
शनिबार, साउन १३, २०८०
जुलाई २९, अन्तर्राष्ट्रिय बाघ दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघ संरक्षण सम्बन्धी जनचेतना फैलाउने मुख्य उद्देश्यले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ । बाघ प्रकृतिको निःशुल्क उपहारमात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक र ऐतिहासिक रुपले पनि...
हेपाटाइटिस दिवस र रोकथाम
शुक्रबार, साउन १२, २०८०
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ ।
भ्रष्टाचारमा संलग्न कसैलाई नछोड
बिहीबार, साउन ११, २०८०
भ्रष्टाचार नेपालको वर्षौदेखिको समस्या हो । देशको विकासले गति लिन नसक्नुको मुख्य कारण पनि यही भ्रष्टाचार नै हो । देशभित्र भ्रष्टाचार छ भन्ने कुरा सत्तामा पुग्ने जुनसुकै सरकारलाई राम्रोसँग ज्ञान छ । कुन–कुन निकायमा भ्रष्टाचार छ त्यसको बारेमा पनि राम्रो जानकारी छ ।
नेकाँ बैठक : पार्टी एक गुट अनेक
बुधबार, साउन १०, २०८०
नेपाली काँग्रेस केन्द्रीय समितिको झण्डै एक वर्ष पछिको बैठक अत्यान्तै प्रभावकारी र उपयोगी हिसावले चलिरहेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका महत्वपूर्ण एजेण्डालाई टेकेर भन्दा पनि नटेकी कनै भइरहेका चर्चा चर्की वहसहरु अत्यान्तै प्रभावकारी देखिएका छन् ।
आहा ! यस्ता पो जनप्रतिनिधि
मंगलबार, साउन ९, २०८०
राष्ट्रदोहन र राज्यकोषको दुरुपयोग बढिरहेको वर्तमान अवस्थामा सरकारका मन्त्री र सांसदहरुलाई सरकारी बजेट सकेर सुविधा मोहको होडबाजी चलिरहेका छन् । यति सम्मकी काठमाडौंमा घर हुने नेता/सांसदले राज्यबाट पाइने घरभाडा रकममा मन थाम्न नसकेको खबर पनि सार्वजनिक भएको छ ।
लचकदार मौद्रिक नीतिले जगाएको आशा
मंगलबार, साउन ९, २०८०
नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीति ल्याएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ । खास गरी मौद्रिक नीतिको मूल उद्देश्य बजेटले लिएको लक्ष्य तथा उद्देश्यलाई सघाउ पुर्याउँदै त्यसमा समाविष्ट कार्यक्रमहरूलाई सहजीकरण गर्नु हो ।
कृषिजन्य वस्तुको आयात घटाऊ, निर्यात बढाऊ
सोमबार, साउन ८, २०८०
नेपाल कृषि प्रधान देश हो, तर अधिकांस कृषिजन्य वस्तु बाहिरबाट आयात हुुने गरेको छ । देशका करीब दुई तिहाइ परिवार कृषिमा आधारित भएपनि कृषिजन्य वस्तुको आयात बढ्नु चिन्ताको विषय हो । मुलुकको समग्र निर्यातलाई दिगो बनाउने हो भने पनि कृषिजन्य वस्तुको निकासी बढाउनैपर्छ ।
बीपी र पुष्पलालको विचार अनुसरण गरौं
आइतबार, साउन ७, २०८०
बीपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई मुख्य हस्ती हुन् । हरेक वर्ष साउन ६ गते बीपी कोइरालालाई र साउन ७ गते पुष्पलाल श्रेष्ठलाई सम्झने गरिन्छ । यी दुई यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो जीवनकालमा नेपालका दुई फरक राजनीतिक धारलाई नेतृत्व दिए । उनीहरूको निधनको लामो समयपछि पनि...
पुष्पलाल र बीपीः सम्झने मात्र कि उहाँहरुबाट सिक्ने पनि ?
आइतबार, साउन ७, २०८०
हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरुले उहाँहरुको योगदानबारे चर्चा गर्दै अब हामी पनि उहाँले देखाएको मार्गमा हिड्छौँ भन्छन् । कार्यक्रमस्थलबाट बाहिरए पछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको छ ।
अर्थतन्त्र उकास्ने मौद्रिक नीति ल्याऊ
शनिबार, साउन ६, २०८०
कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने मुद्राको व्यवस्थापन, महंगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन् । बजेटले मूलतः आर्थिक वृद्धिदर र मुद्रास्फीतिको लक्ष्य राख्छ भने यो उद्देश्य प्राप्तिमा निर्णायक भूमिका...
काँग्रेस बलियो बनाउने प्रयास
शुक्रबार, साउन ५, २०८०
एक वर्षपछि नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसेको छ । काँग्रेसको विधानभित्र हरेक दुई महिनामा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ । तर काँग्रेसले यसो गर्न जरुरी ठानेन । एक वर्ष पछि मात्र बैठक बस्न सफल भयो । अरु कुराका लागि नभएपनि निर्वाचन समीक्षाका लागि नै भएपनि बैठक बसेर छलफल गर्न...
बजार अनुगमनको नाटक किन ?
बिहीबार, साउन ४, २०८०
बजार अनुगमन गर्दा उपभोक्ता हित विपरितका क्रियाकलापमा संलग्न रहने व्यवसायीका सटरमा सिलबन्दी गरिन्छ । गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचार–प्रसार पनि राम्रै हुन्छ । तर, कारवाही भने हुँदैन । जसले गर्दा बजार अनुगमन नाम मात्रैको अनुगमन हुने गरेको छ ।