मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ
शनिबार, चैत ११, २०७९
क्षयरोग दिवसको सन्दर्भ
शुक्रबार, चैत १०, २०७९
विविध कार्यक्रमको आयोजना गरी आज विश्व क्षयरोग दिवस मनाइदैं छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउँदै छन् । नेपालमा पनि क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् ।
राजस्व चुहावट रोक
बिहीबार, चैत ९, २०७९
नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले ५ खर्ब ८२ अर्ब राजस्व संकलन गरेको छ । जबकि यो वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । वर्षका आठ महिना बित्दा राखिएको लक्ष्यको करिब...
कहिले बन्लाः तानसेनमा बस बिसौनी
बुधबार, चैत ८, २०७९
तानसेनमा जनघनत्व बढेसँगै आधुनिक बस बिसौनी अर्थात् बसपार्कको अवधारणा विगत एक दशकदेखि आएको भएतापनि त्यो निर्माणको प्रक्रिया आफैमा अत्यान्तै ढिला हुँदै गएको छ । के तानसेन ऐतिहासिक पाल्पा दरवार र कैलाशनगरको साँस्कृतिक डवली निर्माण हुँदैमा आफैमा गुलजार बन्छ त ? त्यो अवश्य पनि होइन । यहाँ बस बिसौनी अनि नगरभित्रका...
स्ववियु निर्वाचनले दिएको सन्देश
मंगलबार, चैत ७, २०७९
विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हो । विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरी एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ । तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा...
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी
सोमबार, चैत ६, २०७९
पौराणिक कथाहरु अनुसार कहिले काही देवी देवताहरुलाई पनि कठिन अवस्था आइपर्ने रहेछ भन्ने एउटा ज्वालन्त उदाहरण हो पिशाच चतुदर्शी । नेपाल उपत्यकामा नेवार समुदायहरु यस दिनलाई पाँहा चन्हे अर्थात् पाहुना सत्कार गर्ने पर्वकारुपमा मनाउँछन् । देवी देवताहरु मध्ये भगवान् श्री महादेव अति क्रोधित देवताको रुपमा साथै अति सरल, भोलाको रुपमा...
सभामुख पदको गरिमा ख्याल गर
सोमबार, चैत ६, २०७९
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संबैधानिक परिषद्का पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् । राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका...
स्थायित्वमा जोड देऊ
आइतबार, चैत ५, २०७९
नेपाली राजनीति जहिल्यै अस्थिर मात्र रह्यो । अस्थिर राजनीतिकका कारण सरकारमा समेत प्रभाव पर्दछ । जसले गर्दा सरकार पनि बारम्बार परिवर्तन हुने गरेका छन् । यसले विकास र समृद्धिमा ठूलो नकरात्मक प्रभाव पार्ने गरेको छ । बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ ।
डढेलो नियन्त्रणमा चनाखो बन
शुक्रबार, चैत ३, २०७९
मौसम सुक्खा छ । हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो । विशेष गरी फागुन, चैत हावाहुरी लाग्ने र डढेलोको उच्च जोखिम हुने समय पनि हो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका...
मर्कै मर्कामा किसान
बिहीबार, चैत २, २०७९
रासायनियक मलको अभावमा हरेक वर्ष मर्कामा पर्दै आएका किसान अहिले फेरि मलमा दिर्दै आएको अनुदान कटौतीले मर्कामा परेका छन् । किसानले हरेक वर्ष खेतीपाती गर्ने बेलामा मल नपाएर मर्कामा पर्दै आएका थिए । सरकारले उनीहरुको मर्कालाई सम्बोधन गर्नुपर्नेमा झन् दिर्दै आएको अनुदान समेत कटौती गरेर थप मर्कामा पारेको छ
झारा टार्ने नहोस् उपभोक्ता अधिकार दिवस
बुधबार, चैत १, २०७९
आज विश्वभर उपभोक्ता अधिकार दिवस मनाइदैं छ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले दिवस मनाउँदै छन् । नेपालमा वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर उपभोक्ता दिवसको ‘झारा’ टार्ने परिपाटी यस वर्ष पनि कायम छ ।
राष्ट्रपतिका चुनौती
मंगलबार, फागुन ३०, २०७९
नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेले सोमबारदेखि विधिवत् रुपमा जिम्मेवारी सम्हालेका छन् । शपथ ग्रहण गरेसँगै पौडेल मुलुकको अभिभावक र संविधानको संरक्षकका रुपमा रहनेछन् । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा.रामवरण यादव बिदा भए भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिए पनि विवादरहित हुन...