संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय
शुक्रबार, मंसिर २३, २०७९
भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ
शुक्रबार, मंसिर २३, २०७९
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
नेवारी संस्कृति योमरी पुन्हि
बिहीबार, मंसिर २२, २०७९
आज मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा योमरी पुन्ही यसलाइ धान्य पूर्णिमा पनि भनिन्छ । यो पर्ब धानबालीसंग सम्बन्धित रहेकोले नै यस दिनलाई धान्य पूर्णिमा पनि भनिएको भनिन्छ । नेवारहरु यस पूर्णिमालाई थिंला पुन्हि पनि भन्दछन् । काठमाडौं उपत्यकाका अधिकांश टोलहरुमा आज साँझ बच्चाहरु ‘त्य: छिं त्य: बकछीं त्यः, लातापाता कुलिचाँ जुसि त्यः’...
स्थिर सरकार देऊ
बिहीबार, मंसिर २२, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत भने देखिँदैन । नयाँ सरकार बनाउँदा दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
नयाँ पुस्ताको सरकार बनोस्
बुधबार, मंसिर २१, २०७९
मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम आएसँगै सरकार बनाउने खेल सुरु भएको छ । सरकार कस्को र कस्तो बन्ला भन्ने आम नागरिकको जिज्ञासा अहिले सर्वत्र छ । यो हुनु स्वाभाविक पनि हो । सबैले उत्सुकतापूर्वक यसलाई हेरिरहेका छन् । केहीले नयाँ पुस्तालाई चाहेका...
माटो सुधारमा ध्यान दिऊ
मंगलबार, मंसिर २०, २०७९
पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अगार्ननिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।...
नयाँ नेतृत्व आवश्यक
सोमबार, मंसिर १९, २०७९
नेपाली राजनीतिमा विभिन्न समयमा उतारचढावहरु आउने गर्दछन् । देशमा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको छ । यति बेला नयाँ सरकार निर्माणको प्रसव पीडालाई कसरी समायोजन गरेर अगाडि बढ्ने भन्ने विषयले प्राथमिकता पाएको छ ।
अपाङ्ग दिवसको सार्थकता
आइतबार, मंसिर १८, २०७९
अपाङ्ग दिवसको सार्थकता हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइरहेको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयास स्वरुप नेपालमा पनि सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो । शनिबार विविध कार्यक्रमहरुको...
अब हाम्रो प्राथमिकता
शनिबार, मंसिर १७, २०७९
मुलुकको राजनैतिक वृतमा आवधिक निर्वाचन पछि नयाँ–नयाँ प्रयोगहरु शुरु हुने कुरा अनौठा होइनन् । मंसिर ४ को निर्वाचन पछि प्राप्त परिणामले स्थिर र एकल सरकारको सम्भावना अत्यान्तै न्यून देखियो । सरकार बनाउने अनि गिराउँने खेलको सुरुवातका लागि अहिलेको मतपरिणामले बाटो खुल्ला गरेको अनुभूति हुन थालेको छ ।
निर्वाचन परिणामले उत्पन्न गराएको तंरग
शुक्रबार, मंसिर १६, २०७९
अब त देश बन्छ की ? देशमा स्थिरता आउछ की ? भन्ने झिनो आशा लिदै संघीय गणतान्त्रिक साशन व्यवस्थाको अनुमोदनका लागि गत मंसिर ४ गते नेपाली जनताले आफ्नो अमूल्य मत प्रदान गरे । तर निर्वाचनको परिणामले भने त्यो आशालाई निराशामा परिणत गर्ने हो की भन्ने थुुप्रै प्रश्नहरु अहिले सबैमा जागेको...
सुकुम्बासी समस्याको समाधान खोजौं
शुक्रबार, मंसिर १६, २०७९
निर्वाचनको चर्चा, परिचर्चा भइहेका बेला सबैको चासो यति बेला काठमाडौंको थापाथलीस्थित बाग्मती नदीको किनारका सुुकुुम्बासीतर्फ छ । काठमाडौं महानगरपालिकाले केही दिन अघि सुकुमबासीको बस्ती हटाउन थालेका बेला त्यहाँका सुुकुुम्वासीहरुले हतियार सहित प्रर्दशनमा उत्रिएको दृश्य अहिले सर्वत्र चर्चा र चासोको विषय बनेको छ ।
पराजयबाट पाठ सिकौं
बुधबार, मंसिर १४, २०७९
निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यही निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । जहाँ जनमत बढी आउन्छ त्यहाँ जित हुन्छ । निर्वाचनमा जनताको मतलाई नै सर्वपरी ठान्ने गरिन्छ । जनताले जसलाई मन पराउँछन्, उसले चुनाव जित्छ र जनप्रतिनिधि बन्छ । तर चुनाव नजित्नेले केही पनि गर्न सक्दैन भन्नु हुँदैन ।