मंकिपक्सबाट बेलैमा सतर्क बनौं
सोमबार, जेठ १६, २०७९
गणतन्त्र दिवसको औचित्य
आइतबार, जेठ १५, २०७९
आज १५ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नेपालमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ । आजको यो दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको...
नयाँ शैक्षिक सत्रको तयारी
शनिबार, जेठ १४, २०७९
नयाँ शैक्षिक सत्रका लागि विशेष तयारीका साथ सकारात्मक सिकाइ वातावरण निर्माण गरेर विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन सकिन्छ । शैक्षिक सत्र सुरू हुनु पूर्व, विद्यार्थी भर्ना काक्रममा र सत्रका प्रारम्भिक दिनहरूमा विद्यालयमा आकर्षण बढाउने र सिकाइ उत्प्रेरणा बढाउनका लागि शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।
तानसेन नगर प्रमुखका चुनौती
शनिबार, जेठ १४, २०७९
स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । परिणाम आएपछि जनप्रतिनिधिहरु बधाइ खाने माला र खादा लगाउने काममा व्यस्त छन् । उनीहरुका लागि अझै केही समय यस्तै काममा बित्ने देखिन्छ । त्यसो त यस अघिका निर्वाचित जनप्रतिनिधिहरुले पनि यस्तै समय बिताएका थिए । अहिलेपनि केही दिन फुलमालामा बित्ने निश्चित छ ।
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर
शुक्रबार, जेठ १३, २०७९
नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दा समेत पाठ्यपुस्तक पर्याप्त रुपमा भित्रिएका छैनन् । पाल्पासहित देशभर पठनपाठन सुरु भएपनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पाठ्यपुस्तकहरु समयमै उपलब्ध मात्रै नभएका होइनन्, अझ छिट्टै नै त्यसको...
कागजी खोस्टो नबनोस् नीति तथा कार्यक्रम
बिहीबार, जेठ १२, २०७९
हरेक वर्ष जस्तै सार्वजनिक गरिने नीति तथा कार्यक्रम यस वर्ष पनि सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ आर्थिक वर्षमा ल्याउने बजेटका लागि मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदीय परम्परा अनुरुप नै नीति तथा कार्यक्रम प्रस्तुत...
इन्धनको महँगो उपहार
बुधबार, जेठ ११, २०७९
दुई वर्षको कारोना महामारीबाट आर्थिक रुपमा कमजोर बनेका नागरिकहरुका लागि सरकारले पटक पटक इन्धनको महँगो उपहार दिने गरेको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै महँगीको उपहार दिएको छ । यो अत्यन्त दुखद् र लाजमर्दो विषय हो ।
अबको ध्यान अर्थतन्त्र सुधारमा होस्
मंगलबार, जेठ १०, २०७९
नेपालमा चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा संकटका रेखाहरु देखिन थालेका हुन् । त्यतिबेला सरकारको ध्यान राजनीतिक शक्ति संग्रह तथा स्थानीय चुनावमा केन्द्रित भएका कारण पनि अर्थतन्त्र सुधारतर्फ ध्यान जान सकेन । तर, यसो भन्दैमा सरकारले छुट पाउँदैन । त्यो समयमा पनि सरकारले अर्थतन्त्र सुधारका लागि केही पहल गर्नु पथ्र्यो ...
शासक हैन सेवक बन
सोमबार, जेठ ९, २०७९
जेठ ५ गते पहिलो स्थानीय तहले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरेको छ । योसँगै ६ गतेदेखि नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारी लिएका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिँदै पाँच वर्षे कालका निम्ति उनीहरुले विधिवत् काम सुरु गरेका छन् । केही ठाउँमा मतदान प्रक्रियामा गडबडी र कतिपय ठाउँमा मतगणनामा देखिएको सुस्तताका...
बलात्कार पीडितलाई न्याय देऊ सरकार
आइतबार, जेठ ८, २०७९
सिंगै देश मत गणनाको नतिजाले तातिरहेको बेला एक्कासी एक चेलीको वर्षौं गुम्सिएको आँसुको ताल बिस्फोट भएको छ । त्यससँगै देशवासीकै ध्यान उनै चेलीतर्फ खिचिएको छ । सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा...
जैविक विविधता संरक्षणमा ध्यान देऊ
आइतबार, जेठ ८, २०७९
भौगोलिक तथा पारिस्थितिक विविधताको उपजस्वरुप सिर्जित प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टीरुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तत्व बिचको अन्तर सम्बन्धले नै पृथ्वीको प्राकृतिक...
कृषिमा लगानी : छैन प्रतिफल
शुक्रबार, जेठ ६, २०७९
नेपाल कृषि प्रधान देश हो । तर यहाँका नागरिक कृषिमा आत्मनिर्भर हुन सकेका छैनन् । नेपालमा कृषिमा लगानी नभएको भने होइन । यहाँ कृषिजन्य वस्तु उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर तुल्याउनेदेखि गरिबी निवारणका नाममा दाताको ऋण/अनुदान र नेपाल सरकारबाट अरबौंको लगानी भएका छन् । तर त्यो लगानी बालुवामा पानी हालेसरह...
मतगणनाको गति बढाऊ
बिहीबार, जेठ ५, २०७९
७ सय ५३ स्थानीय तहमध्ये बुधबार बेलुकासम्म ४ सय ६० भन्दा बढी स्थानीय तहको मतगणना सकिए पनि बाँकीमा अझै पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ ।