स्वास्थ्य सेवामा सकारात्मक कदम
बिहीबार, कात्तिक ८, २०८१
अध्यादेशको चर्चा
बुधबार, कात्तिक ७, २०८१
केही दिन यतादेखि सरकारले राजनीतिक दल विभाजन गराउन अध्यादेश ल्याउन लागेको चर्चा चर्कै रुपमा चलिरहेको छ । गृहकार्यस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सत्ता घटक काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग व्यापक रुपमा छलफल अघि बढाएपछि अध्यादेशको चर्चा चलेको हो । एमालेबाट विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा तीन वर्षअघि गठन भएको...
भ्रष्टाचारको जालो तोडौं
मंगलबार, कात्तिक ६, २०८१
मुलुक भ्रष्टाचारले आक्रान्त बनेको छ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नै भ्रष्टाचारको जालो फैलिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि तीन तहका सरकार निर्माण भए । ति सरकारले सुशासन, विकास र समृद्धि ल्याउने आशा आम नागरिकमा थियो तर त्यसो हुन सकेन् ।
गलत बाटोमा रास्वपा
सोमबार, कात्तिक ५, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पार्टीका नेता एवं कार्यकर्ता सडक संघर्षमा उत्रिएका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनीहरु पोखरासहित देशका विभिन्न शहरमा प्रदर्शनमा उत्रिएका छन् ।
दोषी नउम्कियोस्, निर्दोष नफसोस्
आइतबार, कात्तिक ४, २०८१
देशभर सहकारी ठगी प्रकरणको विषयले व्यापकता पाएको छ । सर्वसाधारण नागरिकले सहकारीमा बचत गरेको अरबौं रकम अपचलन भएपछि यो विषयले व्यापकता पाउँदै गएको हो । उक्त विषयमा छानविन गर्न संसदीय समिति बन्यो । समितिले छानविन गरेर प्रतिवेदन तयार मात्रै होइन कारवाहीको सिफारिशसमेत गरेको छ ।
घट्दो व्याजदरले समस्या नआओस्
शनिबार, कात्तिक ३, २०८१
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा केही महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ । बैंकको ब्याजदर घट्दै गए पनि पर्याप्त लगानी हुन भने सकिरहेको छैन् । कार्तिक महिनाका लागि पनि बैंकहरूले ब्याजदर घटाएका छन् । लामो...
डेंगी बढ्दो छ, सतर्क रहौं
शुक्रबार, कात्तिक २, २०८१
देशभर डेंगी संक्रमण तीव्र रुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैली सकेको छ ।
गरिबी निवारण दिवसको औचित्य
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ । गरिबीको उन्मुलन शान्ति, स्थायित्व र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यही कुरालाई लिएर गरिबी निवारणका लागि शान्तिपूर्ण र समावेशी समाजहरु भन्ने विश्वव्यापी अवधारणा अघि...
विश्व खाद्य दिवसको सन्दर्भ
बुधबार, असोज ३०, २०८१
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) स्थापना भएको सम्झनामा आज विश्वभर खाद्य दिवस मनाउँदैछ । विश्व खाद्य शिखर सम्मेलन– १९९६ ले संसारबाट भोकमरीलाई दिगो रूपमा हटाउन गरेको प्रतिवद्धतालाई सन् २००९ को नोभेम्बरमा आयोजित खाद्य सुरक्षासम्बन्धी विश्व सम्मेलन (जसलाई भोकमरी सम्मेलनका नामले पनि चिनिन्छ) ले पूर्णरूपमा सफल पार्न घोषणापत्र जारी...
रोकेको छ कसले र रोकिन्छ के का लागि ?
बुधबार, असोज २३, २०८१
भनिन्छ इच्छा शक्ति भए संसरमा असम्भव केही पनि छैन् । यो पंक्तिकारको मान्यता पनि यही हो वा सामाजिक वा सार्वजनिक जीवन दर्शन पनि यही हो । तर कहिले काही भने हैन केही गरौं वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्ताव माथि देखाइने उदाशिनता वा सम्भव छैन्...
हुलाक सेवा समय सापेक्ष बनाऊ
बुधबार, असोज २३, २०८१
आज विश्व हुलाक दिवस । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै यो दिवस मनाउन लागिएको छ । आपसी सद्भाव र सञ्चारको माध्यमको रुपमा रहेको हुलाक सेवालाई थप समन्वयात्मक बनाउने उद्देश्यसहित सन् १८७४ को अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष...
महँगी नियन्त्रण गर
मंगलबार, असोज २२, २०८१
हिन्दुहरुको महानपर्व दसैं, तिहार नजिकिएसँगै बजारमा अचाक्ली महँगी बढेको छ । चाडपर्वको संघारमै विगतमा जस्तै नेपाली उपभोक्ताले अस्वाभाविक मूल्यवृद्धिको सामना गर्नु परेको छ । बजारमा महँगीले उपभोक्ताको ढाडमात्रै होइन करङ्ग नै सेक्ने अवस्था उत्पन्न भएको छ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक रूपमा बढ्न थालेको छ ...
पर्यटनमा उत्साह
सोमबार, असोज २१, २०८१
असोज महिना लागेसँगै पर्यटकहरुको आगमन बढेको छ । नेपालीहरुको महान पर्व दसैं, तिहार जस्ता पर्वहरु घर आगनमा आइरहेको बेला बाह्य पर्यटकहरुको आगमनले पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढेर गएको छ । कोराना महामारीको असर कम भएर निर्धक्क भएर घुम्ने वातावरण बनेसँगै बाह्य पर्यटकको आगमन बढ्दै गएको हो । घुम्न नेपाल आउने विदेशी...