Shittalpati
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन यसपालि १२ कक्षाको नतिजामा ४७ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् र ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थीमात्रै सफल भएका छन् र यति धेरै विद्यार्थी फेल हुनुमा नतिजा प्रणालीमा समस्या हो कि शैक्षिक गुणस्तरको दोष हो ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ? नेपालका मौलिक नाचहरुमध्ये लाखे नाच लोकप्रिय नाच हो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच केही वर्षअघि विभिन्न अवसरहरुमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो ।
युवा विदेशिने क्रम रोकौं
युवा विदेशिने क्रम रोकौं नेपालका युवाहरू विदेश विदेशिने क्रम झनै बढ्दो छ । पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
पाल्पाको भैरवनाथ
पाल्पाको भैरवनाथ वि.सं. १८६१ मा पाल्पा राज्य नेपालमा विलिन हुन गयो । यसअघि पाल्पा राज्यमा करीब चारसय पचाँस वर्षसम्म सेनहरुले शासन गरे । पाल्पा रिब्दीकोटबाट सेन वंशीय शासनको सूत्रपात भयो । रिब्दीकोट रिसायतका प्रथम राजा धर्मपाल सेन थिए भने विशाल पाल्पा राज्यका संस्थापक रुद्रसेन थिए । रुद्रसेनका छोरा मणिमुकुन्द सेन (प्रथम) ले...
अब बजेट कार्यान्वयनमा जुट
अब बजेट कार्यान्वयनमा जुट देशभरका स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याइसकेका छन् । नीति तथा कार्यक्रमसँगै स्थानीय सरकारले बजेट ल्याएका छन् । स्थानीय आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारले आ–आफ्नो स्रोत साधान अनुसार बजेट ल्याए् । बजेट ल्याउनु ठूलो कुरा हैन तर त्यसको कार्यान्वयन महत्वपूर्ण हो ।
बर्खामा डेंगीको डर !
बर्खामा डेंगीको डर ! मुलुकमा यो वर्ष पनि डेंगीको जोखिम बढेको छ । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि डेंगी संक्रमण बढेको देखिन्छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगीको जोखिमसँगै संक्रमण बढेको हो । वर्षा बाक्लिँदै गएको छ । प्रदूषण पनि धेरै नै बढ्दै छ ।
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति  ?
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति  ? निरन्तर दशकौदेखि चलिरहेको राजनीति अस्थिरताको बिच नागरिकमा उत्पन्न निराशालाई अन्त्य गर्ने उद्देश्यका साथ गत महिना रातारात नेपालका दुई ठूला राजनीतिक दलहरुबिच सत्ता सहकार्य सहितको विविध पक्षमा सहमति भयो ।
स्तनपान सप्ताहको सन्दर्भ  
स्तनपान सप्ताहको सन्दर्भ   आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ ।
रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व
रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व गुल्मी एक अनुपम प्राकृतिक छटा र धरोहरले भरिपूर्ण जिल्ला हो । यसलाई विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक धरोहरको बाहुल्य जमाएको जिल्ला मध्येको रूपमा लिइन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न वंशहरूका ऋषिमुनिहरू विभिन्न टाकुरा र थुम्काहरूमा ऋषिमहर्षिको आश्रम र देवताहरूको बाँस रहेको यस ठाउँमा ऐतिहासिक कला, कौशल विविध सांस्कृतिक रहनसहन...
अस्वाभाविक महँगी नियन्त्रण गर
अस्वाभाविक महँगी नियन्त्रण गर यति बेला नेपाली बजारमा उपभोग्य वस्तुमा अनियन्त्रित रुपमा मूल्य वृद्धि भएको छ । मुलुकमा मूल्यवृद्धि हुनलाई कुनै चाडपर्व कुर्न पर्दैन । राजनीतिक अस्थिरता देखिए मात्र पनि बजार भाउ ह्वात्तै बढिहाल्छ । त्यसको मारमा भने आम उपभोक्ता पर्दछन् ।
पत्रपत्रिका र छापाखानाको  इतिहास
पत्रपत्रिका र छापाखानाको  इतिहास छैटौ शताब्दीमा चिनबाट निस्किएको “त्सिंगपाओ” मासिक पत्रि नै विश्वको पहिलो प्रकाशित पत्रिका हो । समयको क्रमसंगै तुंग राजाहरूको शासनकालमा सन् ६१८ देखि ९०५ सम्म “पेकिङ गजेट” प्रकाशित भयो । पेकिङ गजेट र जुलियस सिजरको “एकटा डिउर्ना” लाई पत्रपत्रिकाको इतिहासमा अग्रपंक्तिमा स–सम्मान राखिन्छ ।
मौद्रिक नीतिको कार्यान्वयन होस्
मौद्रिक नीतिको कार्यान्वयन होस् नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालुु आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति ल्याएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ ।
Weather Update