दल सच्चिनुुको विकल्प छैन
सोमबार, फागुन २६, २०८१

देश सञ्चालनको आधार : विधि की राजनीति ?
आइतबार, फागुन २५, २०८१
विधिको साशनलाई कानुनी साशन पनि भनिन्छ । यसको खास लक्ष्य हो कानुनी राज्यको स्थापना गर्नु । जहाँ सबै नागरिक समान हुन्छन्, कुनै किसिमको विभेद रहँदैन् र आर्दश देशको स्थापना हुन्छ । यस साशन व्यवस्थामा कानुन सर्वोच्च हुने गर्दछ । ठूलालाई ऐन र सानालाई चैन भन्ने उखान सुन्नु पर्दैन् । राज्यका...

डढेलो नियन्त्रणका लागि तयारी गर
आइतबार, फागुन २५, २०८१
विपद् बाजा बजाएर आउँदैन, तर धेरै विपद्ले आउन लागेको संकेत दिइरहेकै हुन्छन् । अहिले यस्तै संकेत दिइरहेको विपद् हो– डढेलो । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ । नेपालमा हरेक वर्ष मध्य फागुनदेखि मध्य वैशाखसम्म डढेलो लाग्छ ...

सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं : पूर्व स्ववियु सभापति भट्टराई
शनिबार, फागुन २४, २०८१
त्रिभुवन विश्वविद्यालयले देशभरी आङ्खिक क्याम्पसहरुमा आउँदो चैत्र ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेको छ । निर्वाचन तालिका अनुसार देशभरीका क्याम्पसहरुमा विद्यार्थी संघ/संगठनले आ–आफ्ना गतिविधिहरु अगाडि बढाएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ
शनिबार, फागुन २४, २०८१
अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने यो दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको परिलक्ष्य हो ।...

स्ववियु निर्वाचनले दिने सन्देश
शुक्रबार, फागुन २३, २०८१
स्ववियु निर्वाचन नजिकिएसँगै देशभरका क्याम्पसहरुमा राजनीतिक चहलपहल बढ्न थालेको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भइसकेका छन् । राजनीतिक दल निकट विद्यार्थी संगठनका तर्फबाट र स्वतन्त्र उम्मेदवारी घोषणाले क्याम्पसहरूलाई चुनावमय बनाइसकेको छ । कुनै अप्रिय निर्णय नभए चुनाव हुने निश्चित छ । विगतका...

भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं
बिहीबार, फागुन २२, २०८१
पछिल्ला केही दिनयता नेपालका विभिन्न ठाउँमा लगातार जस्तो पराकम्प गइरहेको छ । बेलामा पटक–पटक आउने भूकम्प वा पराकम्पले हामीलाई पूनः अर्को ठूलै क्षतिको पूर्वसूचना दिइरहेको आभास हुन्छ । त्यसो त नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा रहेकाले कुनै पनि बेला क्षति हुनसक्ने अवस्थाप्रति सरकार, सरोकारवाला र आमनागरिक सचेत हुनुपर्ने आवश्यकता छ ...

मानसिक समस्याप्रति ध्यान देऊ
बुधबार, फागुन २१, २०८१
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो छ । सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ ।

ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय
मंगलबार, फागुन २०, २०८१
सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन वित्तीय कारवाही कार्यदल वा Financial Action Task Force (FATF) ले निरन्तर निगरानी गरेर देशहरूलाई त्यसबारे सचेत गराउने गर्दछ । सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर अन्तर्राष्ट्रिय निगरानीमा पर्नु भनेको Gray List हो ।

आगलागी प्रकोपको पीर
मंगलबार, फागुन २०, २०८१
माघ महिनादेखि नै आगालागीका समाचारहरु आइरहेका छन् । जलवायु परिवर्तनका कारण अहिले नै ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले त्यति बेलाको अवस्था कस्तो होला अहिले नै कल्पना गर्न सकिदैन । सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म...

तानसेनको इतिहास बचाउने पहल
सोमबार, फागुन १९, २०८१
गत हप्ता तानसेन नगरपालिकामा तानसेन बजारको स्वरुप, प्रकृति र माग अनुरुप सुहाउँदो कार्यक्रम सम्पन्न भयो । प्रारम्भमा तानसेन बजारको अत्यन्त महत्वपूर्ण टोलको रुपमा रहेको टक्सार टोलमा विद्यमान् ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदा एवं अधिकांश टोलवासीसँग रहेका अत्यन्त पुराना धातुका वस्तु तथा उनीहरुले मनाउने संस्कार, परम्परा लगायतको नियमित प्रदर्शनका लागि टक्सार...

वन्यजन्तु दिवसको सार्थकता
सोमबार, फागुन १९, २०८१
मार्च–३ अर्थात् आज विश्व वन्यजन्तु दिवस । वन्यजन्तु सरंक्षण सम्बन्धी विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको छ ।

स्ववियु निर्वाचन निर्धारित मितिमै होस्
आइतबार, फागुन १८, २०८१
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो ।