Shittalpati
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ । असोज महिनाको पहिलो हप्ता वितिसक्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म उच्च हुने भनिएको छ । डेंगु रोग एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो ।
नजिकिँदो चाडपर्व र बढ्दो महँगी
नजिकिँदो चाडपर्व र बढ्दो महँगी नेपालीहरूका घर आँगनमा  महान चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तिज, पञ्चमी, विश्वकर्मा पूजा जस्ता पर्व मनाई सकिएको छ भने दसैं, तिहार र छठ पर्व नजिकिँदो छ । विदेशिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भएपनि घर फर्कने गर्छन् ।
नेपाली काँग्रेस र गणेशमान सिंह
नेपाली काँग्रेस र गणेशमान सिंह नेपाली काँग्रेसमा एउटा विधि पद्धती बसेको छ । त्यो हो आफना पार्टीका सस्थापक नेतालाई वर्षमा एक पटक स्मरण गर्ने । हो त्यही विधि पद्धति अनुरुप गत बुधबार काँग्रेसका संस्थापक नेता गणेसमान सिंहलाई सम्झियो तर काँग्रेसले गणेसमान सिंहको त्यागलाई भने बिर्सियो ।
संविधान कार्यान्वयमा बाधक नबन
संविधान कार्यान्वयमा बाधक नबन संविधान जारी भएको आज आठ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते संविधान आए पनि यसको कार्यान्वयको सिलसिलाले सोचेजस्तो परिणाम दिन सकेको छैन भने अर्कातर्फ सबै पक्षलाई अझै अपनत्व महशुस गराउन पनि सकेको छैन ।
सरकार र संघीयता : कति सफल कति असफल ?
सरकार र संघीयता : कति सफल कति असफल ? राज्यको शासकीय शक्ति दुई वा सोभन्दा बढी तहको सरकारबाट अभ्यास गरिने शासकीय पद्धति नै संघीय शासन प्रणाली हो ।
बढ्दो आपराधिक घटना रोक
बढ्दो आपराधिक घटना रोक नेपालमा आपराधिक घटनाहरु बढ्दै गएका छन् । सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गएका हुन् । जनचेतना अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झै–झगडा लगायत कारणले हत्याहिंसा जस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
शिक्षक आन्दोलन
शिक्षक आन्दोलन हरेक व्यक्ति र पेशाले आफ्ना मागहरु कार्यान्वयन गर्ने गराउने माध्यम आन्दोलन बन्दै गएका कारण आन्दोलन संस्कृतिको विकास हुनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएका छन् । सरकारले नयाँ ऐन लागु गर्ने तयारी शुरु भएपछि आन्दोलनका कार्यक्रम शिक्षक महासंघले शुरु गर्ने निधो गरेसँगै सामुदायिक विद्यालयहरुको पठनपाठनमा समेत अहिले समस्या श्रृजना भएको छ ।
विकासका लागि शान्ति
विकासका लागि शान्ति आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ आज शान्ति दिवस मनाइँदै छ । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।
यसकारण संविधान स्वीकार्य नभएको हो
यसकारण संविधान स्वीकार्य नभएको हो आज कै दिन संविधान सभाद्वारा संविधान जारी भएको दिन हो । यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिन संविधान दिवस मनाउनका कै लागि हो । संविधान सभाद्वारा संविधानको निर्माण गर्ने कुरा २००७ सालमा राजा, काँग्रेस र राणा बिच त्रिपपक्षिय संझौता दिल्लीमा भएको थियो । संविधान संभाको निर्वाचन गर्ने सहमति भएको...
संविधान दिवसको औचित्य
संविधान दिवसको औचित्य आज संविधान दिवस । लोकतान्त्रिक संविधान २०७२ संंविधानसभाबाट निर्मित संविधान विक्रम सम्वत २०७२ साल असोज ३ गतेदेखि विधिवत रुपमा लागु भएको दिन भएका कारण आजलाई संविधान दिवसका रुपमा मनाउने परम्परा शुरु भएको हो । आज यो दिवस मनाउँदै गर्दा दिवसका लागि दिवस मात्रै हुने खतराहरु पनि त्यति कै बढिरहेका छन्...
संविधान पालनाको प्रथम दायित्व सरकारको  
संविधान पालनाको प्रथम दायित्व सरकारको   कुनै पनि देशको शासकीय संरचना र पद्दतिको निर्धारण त्यो देशको संविधानले गरेको हुन्छ । संविधान देशको मुल कानून हो । देशको दैनिक प्रशासन , शान्ति सुरक्षा, अमन चैन,  सार्बभौमिकता र अखण्डता रक्षा गर्दै विकास निर्माण गरी जनतामा देशको नागरिक भएकोमा गौरवको अनुभूति श्रृजना गर्ने दायित्व  सरकारको हो ।
पाएँ त खाएँ नगरौं
पाएँ त खाएँ नगरौं मिठा–मिठा परिकारका साथमा आज दर खाइँदै छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अघिल्लो दिन दर खाने प्रचलन विगत देखि नै रहेको हो । नेपाली महिलाहरु व्रत बस्नु अघिल्लो दिन घरमा टन्न दर खाने र भोलिपल्ट तिजको व्रत बस्ने गर्छन् । दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु...
Weather Update