प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
बुधबार, फागुन ७, २०८१

आज निर्वाचन दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१
फागुन ७ कै दिन निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो । आज नवौं निर्वाचन दिवस मनाइँदै छ ।

रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
बुधबार, फागुन ७, २०८१
नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।

जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव
मंगलबार, फागुन ६, २०८१
तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।

पत्रकारहरुसँग अन्तरसंवाद कार्यक्रम
मंगलबार, फागुन ६, २०८१
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोग र त्यसको रोकथामका बिषयमा मंगलवार पत्रकार र स्थानीय रेडियोमा अन्र्तसंवाद कार्यक्रम आयोजना गरेको छ । प्रजातन्त्र दिवशको अवसरमा स्वास्थ्य कार्यालयले नसर्ने रोगहरुको अवस्था, पहिचान र निदानका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सहकारी संस्थाको आयोजनामा कृषि मेला
मंगलबार, फागुन ६, २०८१
तानसेन वडा–९को मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लि.ले पहिलो पटक प्रर्वद्धनात्मक कृिष मेला गरेर नयाँ आयम थपेको छ । पाल्पा रुपन्देही, कपिलबस्तु र नवलपरासी र भारतको गोरखपुर सम्म पाल्पाको मदनपोखरा तरकारी उत्पादन र बजारीकरणमा धेरै वर्ष पहिलादेखि प्रख्यात छ ।

जलवायु परिवर्तनको बढी असर महिलालाई
मंगलबार, फागुन ६, २०८१
सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

आहार व्यवस्थापनले गिद्धको संख्या बढ्दै
सोमबार, फागुन ५, २०८१
गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको संख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।

रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवद्र्धनको लागि ‘होमस्टे’
आइतबार, फागुन ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले रानीबास सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

सात करोडको लागतमा मालिकामा नयाँ भवन
शनिबार, फागुन ३, २०८१
मालिका गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो ।

गाँजा र चसेससहित सात जना पक्राउ
शनिबार, फागुन ३, २०८१
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।

रानीमहल पुुगेका जोडीले मनाए ‘भ्यालेन्टाइन डे’
शुक्रबार, फागुन २, २०८१
फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहलमा पुगेर प्रेमिल जोडीले प्रयण दिवस मनाएका छन् ।