Shittalpati
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै देशभर सहिदप्रति सम्मान गर्दै  आज सहिद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाउन लागिएको हो ।
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम जिल्लाको रामपुरमा शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम दिइएको छ ।  रामपुर नगरपालिकाले नगरभित्रका आधारभूत तहमा अध्यापनरत शिक्षकहरुलाई तालिम दिएको हो ।
असक्त महिलालाई  कुखुरा वितरण
असक्त महिलालाई  कुखुरा वितरण घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुन्  । उनको चार जनाको परिवार छ । श्रीमान्को मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उनले बताईन् । घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यावसाय प्रबन्धन शाखाले एकल तथा असक्त महिलालाई कुखुरा वितरण गरेपछि उनि...
आज नर्सिङ दिवस मनाइँदै
आज नर्सिङ दिवस मनाइँदै आज देशभर नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरुपणको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँग आज छलफल गर्दै उनले सङ्घीय सरकारले द्वन्द्व परिपुरणको कामलाई अघि बढाउन तथा प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए । 
सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना
सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरेको हो । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । 
सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण
सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा सहिद माथेमाले अमरत्व प्राप्त गरेका सिफलमा आयोजित श्रद्धाञ्जलीसभामा उनिको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो ।  
आज विश्व कुष्ठरोग दिवस मनाइँदै
आज विश्व कुष्ठरोग दिवस मनाइँदै ७२ औँ  विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गर्ने उद्देश्यले आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा जिल्लाको रामपुरमा लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा तथा छलफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१  र २०८१/८२ योजना कार्यक्रमको लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा सहित छलफल गरेको हो ।
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।
Weather Update