विद्यार्थी पढ्दै, कुखुरापालनमा रमाउँदै
बिहीबार, मंसिर २७, २०८१

आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
बिहीबार, मंसिर २७, २०८१
आज अंग्रेजी डिसेम्बर महिनाको १२ तारिक अर्थात् अन्तर्राष्ट्रिय तटस्थता दिवस । विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
बुधबार, मंसिर २६, २०८१
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो ।

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
बुधबार, मंसिर २६, २०८१
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

रामपुरमा उपप्रमुखसँग ‘किशोरी तथा बालिका शिक्षा’ कार्यक्रम
बुधबार, मंसिर २६, २०८१
जिल्लाको रामपुरमा उपप्रमुखसँग किशोरी तथा बालिका शिक्षा कार्यक्रम भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण तथा अभिमूखिकरण कार्यक्रम भएको हो ।

‘मानव अधिकार’ अवस्था खस्कँदो
बुधबार, मंसिर २६, २०८१
आर्थिक, सामाजिक, राजनीतिक सम्बद्ध घटनालाई कानुनी दायरामा ल्याउन आवश्यक उजुरी प्रहरी प्रशासनले नलिने,
कारवाहीमा आलटाल गरी मेलमिलापका लागि दवाब दिने प्रवृत्ति बढेको पाइएको छ । स्थानीय तह क्रियाशील भएको अवस्थामा पनि संक्रमणकालीन अवस्था विद्यमान रहेकाले अधिकारबाट वञ्चित रहनुपर्ने अवस्था छ ।

‘जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा’
बुधबार, मंसिर २६, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा भएको जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण मानव जीवन संकटमा रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै
बुधबार, मंसिर २६, २०८१
अन्तराष्ट्रिय पर्वत दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आवानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
मंगलबार, मंसिर २५, २०८१
घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए ।

सहाराविहीन र मानसिक सन्तुलन गुमाएकाहरुलाई पुर्नजीवन दिदैं अभियान नेपाल
सोमबार, मंसिर २४, २०८१
आईतबार तानसेन नगरपालिकाको धुर्वघाटस्थित एक घरमा चहल पहल थियो । कोई बालबालिका टाईसेटमा देखिन्थे, कोही अर्धबैशे खालका महिला पुरुष थिए । कोही आफ्नो तालमा कराउँदै बरबराउँदै थिए । कोही आफ्नै धुन र सुरमा तलमाथी गर्दै थिए । कोही शारिरिक अपाङ्खको कारण कोठामा बसेका देखिन्थे ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
सोमबार, मंसिर २४, २०८१
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।