हिंसा अन्त्यको बाधक राजनीतिक संरक्षण
सोमबार, मंसिर १०, २०८१

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव
आइतबार, मंसिर ९, २०८१
लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले पहिलो चरणमा दाङ, अर्घाखाँची, गुल्मी र पाल्पामा रहेका जिल्ला कारागार तथा जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको अनुगमन गरेको हो ।

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता
शनिबार, मंसिर ८, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।

‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान
शुक्रबार, मंसिर ७, २०८१
पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।

पाल्पामा थपिदै सुविधाजनक बसहरु
बिहीबार, मंसिर ६, २०८१
यात्रुको सुविधा र सेवालाई मध्यनजर गरी पाल्पामा सोफा सिटर बस थपिदै लगिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. पाल्पाबाट दसैं यता काठमाडौंका लागि ६ वटा सुविधाजनक रात्रीकालिन सोफा सिटर बस सञ्चालनमा ल्याइएको प्रा.लि.का प्रमुख डोलराज भट्टराईले बताए ।

विश्व दर्शनशास्त्र दिवस मनाइँदै
बिहीबार, मंसिर ६, २०८१
आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
बिहीबार, मंसिर ६, २०८१
आज ‘विश्व टेलिभिजन दिवस’ विश्वभर मनाइँदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट...

पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा
बुधबार, मंसिर ५, २०८१
गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा पाल्पामा सञ्चालित चार खानी उद्योगसहित १८ जनाविरुद्ध जिल्ला अदाल पाल्पामा मुद्दा दायर भएको छ । चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालय पाल्पाले बिगो मागदाबीसहित अदालतमा...

पौंदेली न्वागी पर्वको उत्साह : यस्तो छ परम्परा
बुधबार, मंसिर ५, २०८१
न्वागी पर्व ठाउँअनुसार फरक–कर तरिकारले मनाउने गरिन्छ । न्वागीको आफ्नै महत्व र विशेषता रहे पनि नेपालमा जाति, क्षेत्र र समुदायअनुसार मनाउने चलन छ ।

आज विश्व बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, मंसिर ५, २०८१
आज विश्व बालदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । नेपालमा बालअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।

पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंगलबार, मंसिर ४, २०८१
घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र
मंगलबार, मंसिर ४, २०८१
नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।

पौंदेलीले मनाए न्वागी पर्व
मंगलबार, मंसिर ४, २०८१
पौंदेलीले १७ औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् । यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जनाकारी दिए ।