Shittalpati
आज विश्व शौचालय दिवस मनाइदैं
आज विश्व शौचालय दिवस मनाइदैं आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...
सडकको पहुँचले मलैबासीलाई सहज
सडकको पहुँचले मलैबासीलाई सहज दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ ।
मणिमुकुन्द सहकारीले मनायो २३ औं वार्षिक साधारण सभा
मणिमुकुन्द सहकारीले मनायो २३ औं वार्षिक साधारण सभा तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले भव्य समारोहकाबिच साधारण सभा मनाएको हो ।
रामपुरमा महिला मृत फेला
रामपुरमा महिला मृत फेला जिल्लाको रामपुरमा एक महिला मृत फेला परेकी छन् । रामपुर नगरपालिका–३, बगाहादेखि सीताकुण्ड जाने कच्ची सडक खण्डको पश्चिम पट्टी नालीमा सोही ठाँउका डिलबहादुर सारुको श्रीमति ६५ वर्षीय सुकमाया गिरी सारु शनिबार साँझा अचेत अवस्थामा फेला परेकी थिइन् ।
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाल्पाबाट ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गरेको छ । महासंघले व्यवसायीहरुबिचको सम्बन्धलाई थप मजबूद बनाई महासंघलाई गतिशिल र चलायमान बनाउने उद्देश्यले ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि प्रारम्भ गरेको हो ।
पाल्पा साहित्य समाजले गर्‍यो साहित्यकार र कलाकारलाई सम्मान
पाल्पा साहित्य समाजले गर्‍यो साहित्यकार र कलाकारलाई सम्मान पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गेपुल । चारैतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका –११ र दीशरण गाउँपालिका –२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ ।
आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै
आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै १३औं राष्ट्रिय कर दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई हरेक वर्ष राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको छ ।  २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो ...
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विभिन्न कार्यक्रम मनाइँदै छ । प्रत्येक वर्ष आजकै दिन युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ ।
रामपुरमा अचेत अवस्थामा भेटिएका पुुरुषको मृत्यु
रामपुरमा अचेत अवस्थामा भेटिएका पुुरुषको मृत्यु जिल्लाको रामपुर नगरपालिका– ५ भम्बकमा अचेत अवस्थामा भेटिएका एक पुुरुषको मृत्यु भएको छ । शुक्रबार विहान भम्बकका ५४ वर्षीय रामु काफ्ले आफ्नै घर नजिक रहेको गोबर ग्यासको सेफ्टि ट्याङ्की माथि घोप्टो परी अचेत अवस्थामा फेला परेका थिए ।  उनलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरी रामपुर अस्पताल...
गुरु नानक जयन्ती मनाइँदै 
गुरु नानक जयन्ती मनाइँदै  आज शिख सम्प्रदायका प्रवर्तक गुुरु नानकका जन्म जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा मेला हेर्न जाने श्रद्धालु भक्तजनहरुका लागि यातायातको सहज व्यवस्था मिलाएको छ । कम्पनीले मंगलबारदेखि सुुरु भएको यस वर्षको सत्यवती मेला हेर्न जानेहरुका लागि सहज यातायतको व्यवस्था गरेको हो ।
Weather Update