Shittalpati
गाडी किन्न नबिल बैंकले कर्जा दिने

पाल्पा,नबिल बैंकले विभिन्न कम्पनीका गाडी किन्नका लागि कर्जा दिने भएको छ । उसले निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालि र अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्सले बिक्री गर्दै आएको गाडीमा कर्जा दिने भएको हो ।

बैंक र कम्पनीहरु बीच भएको सम्झौता अनुसार अब यी कम्पनीका गाडी खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् । सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवा प्रदान गर्न लक्ष्य राखेको छ । सम्झौता अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधा सजिलो उपलब्ध हुनेछ । ईभीको लागि बेस रेट प्लस ३.५० प्रतिशतदेखि ५.०० प्रतिशत हुनेछ भने ७ वर्षको अवधि हुनेछ । केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहक अब निसान ईभीको मालिक हुन सक्छन् । बैंकको देशभर रहेका २ सय ४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनसँग समायोजन गरिएको छ । योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाबाट नेपालभर लागू हुने जनाइएको छ । यस्तै आइएमई मोटर्सका सिइओ हेमन्त पुराणिक र बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठले पनि सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार देशभर रहेका अशोक लेल्यान्डका १७ वटै सोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट कर्जा समबन्धी प्रक्रिया अघि बढाउन सकिने जनाइएको छ । अशोक लेल्यान्ड ब्रान्डका सवारीसाधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । नेपाल राष्ट्र बैंकको नीति–निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update