Shittalpati
कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै

पाल्पा, कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । बैंकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त ग्राहकलाई सुविधा दिने गरी भिसा इन्टरनेशनलसँग सहकार्य गरेको हो ।

सहकार्यसँगै ग्राहकले विदेशमा रहेका स्वदेशी तथा विदेशीले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरुमार्फत कुमारी बैंकको डेबिट/ क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् । विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको बैंकले जनाएको छ । फ्रिल्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट/क्रेडिट एवं प्रिपेडमा सोझै प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणालीमार्फत गरिएका प्रत्येक १५ हजार रुपैयाँभन्दा बढीको भिसा डाइरेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम ५ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था समेत बैंकले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update