Shittalpati
मदनपोखरा सहकारीको अध्यक्षमा घिमिरे

पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् । सहकारीको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयन भएका घिमिरे मुद्रण उद्योग संघ रूपन्देहीका सल्लाहकार तथा प्रदेश उपाध्यक्ष समेत हुन् ।

अधिवेशनले सहकारीको उपाध्यक्षहरुमा सन्तोष कुमार अर्याल, जीवनाथ पाण्डे, सचिवमा छविलाल भट्टराई, कोषाध्यक्षमा मनबहादुर राना, सह–सचिवमा चिन्तामणी भट्टराईलाई चयन गरेको छ । यस्तै सहकारीको सदस्यहरूमा कल्पना भण्डारी, नरेश घिमिरे, बालकृष्ण बस्याल, गीता बस्याल, यमनाथ पौडेल रुमकला पाण्डे र उमेश राज घिमिरे रहेका छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजकमा धनपति गैरेलाई चयन गरेको छ । जसको सदस्यहरुमा हरिप्रसाद तिमिल्सेना र सावित्रा पाण्डे रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update