Shittalpati
पाल्पामा मनाइयो विश्व पर्यटन दिवस

रामचन्द्र रायमाझी
पाल्पा, (नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट) नाटा पाल्पा च्याप्टरले तानसेनमा विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नाटाले तानसेनको टुडिखेलबाट साइकल र्‍याली, बतासेडाडाँमा प्याराग्लाडिङ्ग क्षेत्रमा सरसफाई तथा प्याराग्लाडिङ्गमार्फत नेपाली झण्डा तानसेको आकाशमा फहराएर विश्व पर्यटन दिवस मनाएको हो ।

कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले एक औपचारिक कार्यक्रमका बिच शुुभारम्भ गरेका हुन् । कार्यक्रमको शुुभारम्भ गर्दै उनले पाल्पाको समृद्धिको आधार कृषिसँगै पर्यटन क्षेत्र रहेको बताएका छन् । मन्त्री रानाले पाल्पामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेकाले तिनीहरुको पहिचान गरी आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । उनले भने ‘प्रेमको प्रतिक रानी महल,ऐतिहासिक पाल्पा दरवार, प्राकृतिक पर्यटकिय स्थल श्रीनगर,एसियाको सबै भन्दा ठूूलो ढोका,ऐतिहासिक रणउजेश्वरी भगवती मन्दिर, भैरव स्थान,ऋषिकेशव मन्दिर जस्ता धार्मिक र पर्यटकीय क्षेत्रहरु रहेका छन्, तिनीहरुको उचित किसिमले उपयोग गर्न सक्ने हो भने आम्दानीको राम्रो स्रोत बन्द छ ।’ यहाँका पर्यटकीय र धार्मिक क्षेत्रहरुको संरक्षण र संवद्र्धनमा सबैले चासो देखाउनुुपर्ने मन्त्री रानाले बताए । उनले प्रदेश सरकारले पनि आर्थिक समृद्धिका क्षेत्रहरुको पहिचान गरी लगानीमैत्री वातावरण बनाउन लागेको समेत बताए । मन्त्री रानाले भने ‘समृद्धिका लागि आधार मानिएका पर्यटन क्षेत्र हुन् वा कृषि, जलस्रोत ति सबैको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार लागि परेको छ । ’पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने विषयमा सबै पक्षले ध्यान दिनुुपर्ने उनले बताए । मन्त्री रानाले पाल्पाको विकास र समृद्धिका लागि आफुु सधैव तयार रहेको समेत धारणा व्यक्त गरे । उनले लामो समय कोभिडका कारण तहसनहस भएको पर्यटन क्षेत्रलाई पुर्नताजगी दिन सबैले आ–आफ्नो ठाउँबाट लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा नाटा पाल्पा च्याप्टरका संस्थापक अध्यक्ष प्रदीप प्रसाद उदयले तानसेनको पर्यटन क्षेत्रको विकासका लागि च्याप्टरले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले कोभिडका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको उत्थान र विकासका लागि स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताए । टुरिजम एक्सन कमिटी तानसेनका संयोजक तथा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जनले तानसेनमा धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यकट भित्र्याउने दिशामा आफुु लागि परेको बताए । पर्यटन क्षेत्रको विकासमा सबै क्षेत्र र निकाय लाग्न सकेको खण्डमा तानसेनको आर्थिक समृद्धि सम्भव रहेको उनले धारणा व्यक्त गरे । होमस्टे एसोसियसन पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले यहाँका थुप्रै पर्यटकीय क्षेत्रहरु रहे पनि प्रचार प्रसारको कमी रहेको धारणा व्यक्त गरे ।

सोही अवसरमा साइकल संघ पाल्पाले साइकल र्‍याली समेत निकालेको थियो । साइकल र्‍याली तानसेन टुडिखेलबाट शुरू भई पेट्रोल पम्प, टक्सारटोल, बसन्तपुर,कैलाशनगर, भगवतीटोल, शिलतपार्टी,नारायणस्थान हुँदै पुनः टुडिखेलमा आई समापन गरिएको थियो । यस्तै सोही अवसरमा नाटा पाल्पा च्याप्टरले बतासेडाँडामा प्याराग्लाइडिङ्गमार्फत खुुला आकाशमा नेपालको झण्डा फरफराएको थियो । संस्थाका अध्यक्ष राजिव कुमार साहको अध्यक्षता, महासचिव सतिश राज शाक्यको सञ्चालनमा शुुभारम्भ कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update