Shittalpati
इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’

पाल्पा, नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले ‘बैंक अफ दि इयर अवार्ड’ जितेको छ । बैंकले छैटौं पटक प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । एनआईबीएल बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो । बैंकले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो ।

यो अवार्ड जित्नु एनआइबिएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण रहेको बैंकको भनाई छ । ‘यसले विकास र दिगोपनतर्फ लाग्ने बैँकहरूको समर्पणलाई पनि हाइलाइट गर्दछ जसले हामीलाई यो प्रतिष्ठित पुरस्कार बारम्बार प्राप्त गर्न मद्दत गरेको छ, हाम्रो बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गर्नुभयो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्मानित फाइनान्सियल टाइम्स प्रकाशनसँग सम्बन्धित बैंकर पत्रिकाले यो पुरस्कार प्रदान गरेको हो । बैंकको स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणाम हो, जसले बैंकलाई आफ्ना प्रतिस्पर्धीहरू भन्दा प्रतिस्पर्धात्मक लाभ दिएको छ । बैंकले आफ्ना बृहत ग्राहकवर्गलाई बजारमा माथि उठाउनको लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराएको छ ।

बैंकले ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार गर्दै न्यून ब्याजबाट वञ्चित क्षेत्र कर्जा उत्पादनहरू उपलब्ध गराई समाजका पिछडिएका वर्गहरूलाई वित्तीय पहुँच र समावेशीकरणमा निरन्तर ध्यान केन्द्रित गरेको छ । एनआइबिएलले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update