Shittalpati
आईएमईले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

पाल्पा, रेमिट्यान्स कम्पनी आईएमईले सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको कम्पनीको २२ औं साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो । योसँगै आईएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको कम्पनीको भनाइ छ । साधारणसभामा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण रहेको स्मरण गर्दै सबैको सुझाव र सल्लाहकै वाबाजुद आईएमई स्थापना भएको स्मरण गरे ।

अध्यक्ष ढकालले सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले आईएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग पु¥याउने सबैलाई धन्यवाद समेत दिए । आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यावसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए । कार्यक्रममा आईएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना मन्तव्य राखेका थिए । आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले अव नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेड बनेको भन्दै सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update