Shittalpati
संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब
संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु२१ अर्ब ५१ करोड ९६ लाख...
नेप्से निरन्तर उकालो यात्रामा
नेप्से निरन्तर उकालो यात्रामा सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो यात्रामा रहेको छ । आइतबार ६२ दशमलव ५४ अंकले उकालो लागेको नेप्से सोमबार पनि  उकालै यात्रामा रहेको हो ।
बाँसबाट बनेका कुर्सी
बाँसबाट बनेका कुर्सी दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो ।
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च नेपालमा अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको हो ।
ट्रम्प पुनरागमनको प्रभाव : एकै दिन सुन तोलामा ४ हजारले घट्यो
ट्रम्प पुनरागमनको प्रभाव : एकै दिन सुन तोलामा ४ हजारले घट्यो बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला ४ हजारले घटेको हो ।
अब बैंकमा छुट्टै ‘केवाईसी’ भर्नु नपर्ने
अब बैंकमा छुट्टै ‘केवाईसी’ भर्नु नपर्ने अब बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा अनिवार्य आवश्यक पर्ने ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी) भर्न नपर्ने भएको छ । सरकारले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै सहज र छरितो बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो ।
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
नेप्से परिसूचक २७ अङ्कले बढ्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ । 
सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो
सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक हजार चार सयले वृद्धि भएको हो ।
‘रजत जयन्तीतर्फको यात्रा’मा श्रीनगर सहकारी
‘रजत जयन्तीतर्फको यात्रा’मा श्रीनगर सहकारी  पाल्पाको तानसेनमा बहुउद्देश्यी सहकारीको रुपमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा मनाउदै ‘रजत जयन्तीतर्फको यात्रा’ तय गरेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई आत्मसाथ गरी २०५७ मा स्थापना भएको सहकारीले २४ औं साधारण सभा मनाई रजत जयन्तीतिरको...
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २४ औं वार्षिक साधारण सभा
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २४ औं वार्षिक साधारण सभा श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमबिच साधारण सभा मनाएको हो ।
तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन
तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा रु तीन  करोड...
Weather Update