Shittalpati
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तोलामा २ सय रुपैया बढ्यो सुन
तोलामा २ सय रुपैया बढ्यो सुन मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो
नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ । 
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ? नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो
नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । 
नेप्से परिसूचक ओरालो यात्रामा
नेप्से परिसूचक ओरालो यात्रामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ ।
जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने
जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति ९जेडिएस० परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख ९४५ करोड ४० लाख जापानी येन० बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । 
Weather Update