Shittalpati
नविलको ‘द नविल ढुक्क घर कर्जा’ योजना
नविलको ‘द नविल ढुक्क घर कर्जा’ योजना नविल बैंकले  आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको हो ।   ४१ औँ वर्ष प्रवेशको अवसरमा बैंकले योजना सार्वजनिक गरेको छ ।
नेप्से दोहोरो अंकले बढ्यो
नेप्से दोहोरो अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता कारोबारको पहिलो दिन आइतबार २१ दशमलव २७ प्रतिशतले नेप्से बढेको हो ।
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो सुुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
इन्धनको मूल्य बढ्यो 
इन्धनको मूल्य बढ्यो  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
नेप्से १४ दशमलव ८३ अंकले घट्यो
नेप्से १४ दशमलव ८३ अंकले घट्यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको  छ ।  आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेरर बन्द भएको हो ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराको २ लाख २९ हजार सहयोग
ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराको २ लाख २९ हजार सहयोग पाल्पामा ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराले २ लाख २९ हजार सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ ‘हाम्रो ब्लड बैंक हामी बनाउछौं’ भन्ने महाअभियानलाई सफल बनाउन समाजले सो रकम सहयोग गरेको हो ।
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट ल्याएकी हुन् ।
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक पाँच दशमलव ३७ अंकले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।
लुम्बिनी प्रदेशको बजेटप्रति चौतर्फी आलोचना
लुम्बिनी प्रदेशको बजेटप्रति चौतर्फी आलोचना आगामी आर्थिक वर्षका लागि  लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको चौतर्फी आलोचना भएको छ । पहुँच र प्रभावका आधारमा मनपरी बजेट बाँडेको, बजेट कृषि र पर्यटन क्षेत्र विरोधी भएको विचौलियाका माध्ययमबाट योजना विनियोजन भएको भन्दै चर्को आलोचना भएको हो ।
 लुम्बिनीको सञ्चार बजेटप्रति प्रकाशन तथा प्रशारण संघको आपत्ति 
 लुम्बिनीको सञ्चार बजेटप्रति प्रकाशन तथा प्रशारण संघको आपत्ति  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले आपत्ति जनाएको छ ।
Weather Update