उच्च मूल्यबाट ६ सय घट्यो सुन
सोमबार, असार ३, २०८१

पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, असार ३, २०८१
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो ।

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोड बजेट
शनिबार, असार १, २०८१
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा चौँथो अधिवेशनको तेह्रौं बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

नेप्से शेयर बजारमा ३३ अंकले बढ्यो
मंगलबार, जेठ २९, २०८१
साताको तेस्रो दिन शेयर बजार उत्साह छाएको छ । मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ३३ दशमलव एक पाँच अंकको उत्साह छाएको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव पाँच नौ प्रतिशतले बढेर २१ सय १५ दशमलव दुई चार अंकमा उक्लिएको छ ।

तुलसीपुर–दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
मंगलबार, जेठ २९, २०८१
तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका–६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ
आइतबार, जेठ २७, २०८१
त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सरकार आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको छ : अर्थमन्त्री पुन
आइतबार, जेठ २७, २०८१
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताएका हुन् ।

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
शुक्रबार, जेठ २५, २०८१
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित
बिहीबार, जेठ २४, २०८१
प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरीन ।

सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार पुग्यो
बिहीबार, जेठ २४, २०८१
विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।

कारोबारसँगै बढ्यो सेयर बजार
मंगलबार, जेठ २२, २०८१
मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ६.२२ अंक बढेको हो । यो वृद्धिपछि नेप्से २०८५ अंकमा अडिएको छ । अघिल्लो दिन ४ अर्बको कारोबर भएकोमा मंगलबार ४ अर्ब ८ करोडको भयो । १ सय २५ कम्पनीको मूल्य घट्दा १ सय १४ को बढ्यो...

राष्ट्र बैंकले गर्यो दुई भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का
मंगलबार, जेठ २२, २०८१
नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जानकारी दिएको हो ।