हलगोरु पाल्नेलाई जैमिनीद्वारा दश हजार अनुदान
शुक्रबार, फागुन १८, २०८०

६ महिनामा नेपालले भारतलाई बेच्यो १३ अर्ब बढीको विजुली
बिहीबार, फागुन १७, २०८०
पछिल्लो समय नेपालले विद्युत निर्यातमा फड्को मार्दै गएको छ । विगतमा ठूलो मात्रमा विजुली आयात गर्दै आएको नेपालले पछिल्लो केही समय यता भने ठूलो मात्रमा निर्यात गर्न थालेको छ ।

पहिलो दिन नै नेप्सेमा गिरावट
आइतबार, फागुन ६, २०८०
सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अंकले गिरावट आएको हो । नेप्से ओरालो लागेसँगै दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको छ ।

नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा घिमिरे विजयी
शनिबार, फागुन ५, २०८०
नेपाल मुद्रण महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका घनश्याम घिमिरेले विजयी भएका छन् । महासंघको शनिबार दाङमा भएको दोस्रो अधिवेशनबाट बाँकेका ज्योति भण्डारीलाई पराजित गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

ग्लोबल बैंकको सहुलियत ब्याजदरमा घर कर्जा
बिहीबार, फागुन ३, २०८०
ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित निश्चित आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
बुधबार, फागुन २, २०८०
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।

दर्शकको आकर्षण केराका थामबाट बनाइएका सामग्री
सोमबार, माघ २९, २०८०
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण देखिएको छ । माघ १८ गतेदेखि वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो दैनिक जसो देखिएको थियो ।

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग
बुधबार, माघ २४, २०८०
फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए ।

नबिलको उद्यमशील कर्जा योजना
शुक्रबार, माघ १९, २०८०
नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।

जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक
बिहीबार, माघ १८, २०८०
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन्
बुधबार, माघ १७, २०८०
गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याए वापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।

भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार
मंगलबार, माघ १६, २०८०
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ ।