Shittalpati
एक महिनामै आठ बैंक गाभिए
एक महिनामै आठ बैंक गाभिए पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान...
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकिकृत कारोबार सुुरु गरेका छन् । उनीहरु एकापसमा गाभिएसँगै बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् ।
सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै
सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी ३÷३ रुपैयाँले घटाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ १ सय ७५ र डिजेल तथा मट्टितेलको भाउ १ सय ७२ कायम भएको छ । एलपी ग्यासको भाउ भने यथावत छ । यसअघि...
हवाई भाडा घट्यो
हवाई भाडा घट्यो सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै
रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै जिल्लाको दोस्रो व्यापारीक केन्द्रको रुपमा रहेको रामपुरमा महोत्सव तथा व्यापार मेला हुन लागेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सुस्ताएको आर्थिक क्षेत्रलाई चलयमान गराउन तेस्रो रामपुर महोत्सव हुन लागेको हो ।
आगन सहकारीको तेस्रो साधारणसभा
आगन सहकारीको तेस्रो साधारणसभा तानसेनमा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द
कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप अहिले ५३ खर्ब भन्दा बढी पुुगेको छ । नेपालका बंैक तथा वित्तिय संस्थाहरुले ५३ खर्ब दुुई अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको...
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा तानसेनमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
Weather Update