‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’
आइतबार, भदौ ९, २०८१
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
आइतबार, भदौ ९, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।
तोलामा पाँच सयले घट्यो सुनको मूल्य
शुक्रबार, भदौ ७, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा ११ सयले घट्यो
बिहीबार, भदौ ६, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
बुधबार, भदौ ५, २०८१
स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला एक लाख ५३ हजार कायम भएको छ ।
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
आइतबार, भदौ २, २०८१
गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो ।
तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से
आइतबार, भदौ २, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च
आइतबार, भदौ २, २०८१
लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शुक्रबार, साउन ३२, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
सुनको मूल्य तोलामा नौ सयले घट्यो
शुक्रबार, साउन ३२, २०८१
स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।
नेप्सेमा कीर्तिमान, हालसम्मकै उच्च
बिहीबार, साउन ३१, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचकमा कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेसँगै कीर्तिमान कायम भएको हो ।