तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य
शुक्रबार, साउन २५, २०८१
नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि
बुधबार, साउन २३, २०८१
मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो । आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय...
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
मंगलबार, साउन २२, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ ।
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो
मंगलबार, साउन २२, २०८१
सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रुएक लाख ४७ हजार सात सय निर्धारण भएको छ...
प्रतितोला डेढ लाख पुुग्यो, नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित
मंगलबार, साउन २२, २०८१
विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । गत वर्षको साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय थियो । २०८१ साउन १ गते...
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार
सोमबार, साउन २१, २०८१
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन सोमबार तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार
सोमबार, साउन २१, २०८१
यो साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो डेढ लाख नजिक
शुक्रबार, साउन १८, २०८१
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।
बढ्यो नेप्से
बुधबार, साउन १६, २०८१
शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।
नेप्से दोहोरो अंकले बढ्यो
मंगलबार, साउन १५, २०८१
साताको सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार २० अंकले करेक्सन आएको बजारमा मंगलबार ३५ दशमलव ५५ अंकले बढेर परिसूचक २ हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको हो ।
नेप्से घट्यो, कारोबार रकम बढ्यो
सोमबार, साउन १४, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक कारोबारको दोस्रो दिन घटेको छ । अघिल्लो दिन आइतबार ११३ अंकले बढेको नेप्से सोमबार २० दशमलव ४६ अंकले घटेर बन्द भएको हो ।
सुनको मूल्य प्रति तोला एक हजारले बढ्यो
आइतबार, साउन १३, २०८१
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक हजारले सुनको मूल्य बढेको हो ।
६५ अर्ब २२ करोडको चिनीया सामान आयात
आइतबार, साउन १३, २०८१
,नेपालमा निर्यात भन्दा आयात बढी हुने गरेको छ । खाद्यान्नदेखि तत्ता कपडासम्मका सामान आयात हुने गरेको छ ।