Shittalpati
आमाछोरा मृत फेला
आमाछोरा मृत फेला आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । 
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते  
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते   जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना भएको छ । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।
पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते
पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते जिल्लाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तिमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउँदै , तयारी तीव्र 
संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउँदै , तयारी तीव्र  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी भ्रमणमा आउने भएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउने उद्देश्यले नेपाल भ्रमणमा रहेका गुटेरेस मंगलबार लुम्बिनी भ्रमणमा आउन लागेका हुुन् । 
पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका –१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।
वैकुन्ठेमा जीप खस्दा ६ जनाको मृत्यु एक घाईते 
वैकुन्ठेमा जीप खस्दा ६ जनाको मृत्यु एक घाईते  घटना स्थलमा मृत्यु हुनेहरुमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल,  र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 
वैकुन्ठेमा जीप खस्दा : ६ जनाकाे मृत्यु एक घाईते
वैकुन्ठेमा जीप खस्दा : ६ जनाकाे मृत्यु एक घाईते रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाको घटना स्थलमा मृत्यु भएको छ ।  चालक घाईते अवस्थामा भेटिएका छन । जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खोलामा खसेको हो । 
मोटरसाइल दुर्घटनामा एकको मृत्यु 
मोटरसाइल दुर्घटनामा एकको मृत्यु  नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु भएको छ । यहाँको सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको हो ।
Weather Update