Shittalpati
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो ।
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप सुस्तगतिमा विस्तारको काम भएको  गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । 
रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु
रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध
लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् । बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।
Weather Update