सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१

गुल्मीमा डोजरले फालेको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु
आइतबार, फागुन ४, २०८१
गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका–२ छल्दीटारामा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी ८ वर्षीया विष्णु कुमालको मृत्यु भएको हो ।

आगोमा जलेर एक वृद्धको मृत्यु
बुधबार, माघ ३०, २०८१
जिल्लामा आगोमा जलेर एक वृद्धको मृत्युु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटना : ९ जनाको मृत्यु, एक पैदलयात्रुले पनि ज्यान गुमाए
मंगलबार, माघ २९, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । मृत्यु हुनेमा एक जना पैदलयात्रु पनि रहेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जा, दैलेख, ललितपुर, कञ्चनपुर,सुर्खेत, महोत्तरी, चितवन, पाँचथर लगायत जिल्लामा सवारी दुर्घटनाबाट उनीहरुले ज्यान गुमाएका हुन् ।

प्रणय दिवसमा एयरलाइन्सको छुट
सोमबार, माघ २८, २०८१
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् ।

ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार बालकको मृत्यु
सोमबार, माघ २८, २०८१
स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सिदार्थ राजमार्गमा ट्रकसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ । आइतबार राति साढे ८ बजेतिर वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकको बीचमा...

रिडी–बल्कोट सडक एक महिना बन्द
आइतबार, माघ २७, २०८१
मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएकोे हो ।

माथागढीमा टिपर दुर्घटना : चालकको मृत्यु
बुधबार, माघ २३, २०८१
जिल्लाको माथागढी गाउँपालिका–५ सुर्कावासमा टिपर दुर्घटना भएको छ । माथागढी– ६ रहवासदेखि ढुङ्खा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर बुधबार दिउँसो दुर्घटना भएको हो ।

रामपुर नगरपालिकाले दिन थाल्यो श्रमिकलाई सीप विकास तालिम
मंगलबार, माघ २२, २०८१
जिल्लाको रामपुरमा श्रमिकहरुका लागि सीप विकास तालिम दिन थालिएको छ । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा सडक मर्मतकर्मीहरुका लागि ५० दिने तालिम दिन थालिएको हो ।

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु
आइतबार, माघ २०, २०८१
कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते
शनिबार, माघ १९, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
मंगलबार, माघ १५, २०८१
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।