रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु
शुक्रबार, माघ ५, २०८०

त्रिशूलीमा खसेको जिप भेटियो
मंगलबार, माघ २, २०८०
त्रिशूली नदीमा खसेको जिप भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट खसेको जिप त्रिशूलीमा भेटिएको हो ।

कहालीलाग्दो सवारी दुर्घटना
आइतबार, पुस २९, २०८०
नेपालगञ्जबाट काठमाडौं जानेक्रममा राप्ती नदीमा शुक्रबार राती भएको कहालीलाग्दो बस दुर्घटनामा १२ यात्रुको ज्यान गएको छ । यात्रुले खचाखच भरिएको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको अकालमै ज्यान गएको हो ।

दाङ बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८ को सनाखत
शनिबार, पुस २८, २०८०
दाङको भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना
बिहीबार, पुस २६, २०८०
जिल्लाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा गाडी दुर्घटना भएको छ । आज विहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बा. प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको हो ।

भिमादमा जिप दुर्घटना : मृतकको संख्या २ पुग्यो
बुधबार, पुस २५, २०८०
तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।

भिमादमा जिप दुर्घटना : घाइते एक जनाको मृत्यु
बुधबार, पुस २५, २०८०
तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप बुधबार दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो ।

सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं
मंगलबार, पुस १०, २०८०
राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन फेरी सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।

पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने
सोमबार, पुस ९, २०८०
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सुरुङ मार्गको कामलाई तीव्रता दिन उक्त सडक खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हो ।

पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते
शुक्रबार, पुस ६, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति दुर्घटना भएको हो ।

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने
बिहीबार, पुस ५, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस
बुधबार, पुस ४, २०८०
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ ।

बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बुधबार, पुस ४, २०८०
बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए ।