मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, पुस २, २०८०

पुस ७ देखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।

टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु
शनिबार, मंसिर ३०, २०८०
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
बिहीबार, मंसिर २८, २०८०
प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु
आइतबार, मंसिर २४, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, अर्घाखाँची, चितवन, मकवानपुर र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु
सोमबार, मंसिर १८, २०८०
पाल्पाको रुेनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
शनिबार, मंसिर १६, २०८०
रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

तनहुँमा बस दुर्घटना : २ को मृत्यु, ३४ घाइते
बुधबार, मंसिर १३, २०८०
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा बस दुर्घटना भएको छ । धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो ।

चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह
मंगलबार, मंसिर १२, २०८०
बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।

गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, मंसिर ११, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
शुक्रबार, मंसिर ८, २०८०
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, मंसिर ४, २०८०
स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।