पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बुधबार, पुस २४, २०८१

गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
मंगलबार, पुस २३, २०८१
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो ।

पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते
बुधबार, पुस १७, २०८१
पाल्पामा स्कारपियो दुर्घटना भएको छ । पोखरबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्वर प्लेटको स्कारपियो जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्या नजिकै आज साँझा दुर्घटना भएको हो ।

नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
मंगलबार, पुस १६, २०८१
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै नभएको बताएका छन् ।

दुर्घटना न्यूनीकरण गर्न भालुवा–नर्ती सडकमा ‘टाइमकार्ड ’
सोमबार, पुस १५, २०८१
दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार
आइतबार, पुस १४, २०८१
दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।

गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु
आइतबार, पुस १४, २०८१
जिल्लाको सत्यवती गाउँपालिका वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर दुर्घटना हुँदा चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।

छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
बिहीबार, पुस ११, २०८१
जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।

सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’
बुधबार, पुस १०, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो ।

मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
बुधबार, पुस १०, २०८१
स्याङजाको कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको टयाक्टर दुर्घटना हुँदा बारा–गढीमाई नगरपालिका – ११ का २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको हो ।

पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
बुधबार, पुस १०, २०८१
रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
मंगलबार, पुस ९, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दाङ, सर्लाही, मकवानपुर, ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।