‘वैशाख १ देखि भैरहवाबाट उडान हुन्छ’
शनिबार, फागुन ७, २०७८
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो
शनिबार, फागुन ७, २०७८
गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलो पटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा २ ह्वाङदी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीन वटै वडामा पहिलो पटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको...
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बिहीबार, फागुन ५, २०७८
जिल्लाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर ४ स्लामपुरको बाङगेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश ३०२–००८ प २९८५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर ४ भिमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको हो । रातीको समयमा मोटरसाईकल दुर्घटना भएको हो ।
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मंगलबार, फागुन ३, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न...
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला
शुक्रबार, माघ २८, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका २ मा ५८ वर्षीय पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५८ वर्षीय नरबहादुर रानाको शव फेला परेको हो ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
शुक्रबार, माघ २८, २०७८
पाल्पाको रम्भा गाउँपालिका–२, सुरुमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गर्दा लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २३ वर्षीय रवीन दमै (छिनाल) को मृत्यु भएको हो ।
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने
शुक्रबार, माघ २८, २०७८
आजदेखि तानसेन– तम्घास सडक खण्ड दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन १३ गते सम्म सडक बन्द हुने भएको हो ।
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोमबार, माघ २४, २०७८
बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
आइतबार, माघ २३, २०७८
बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु
शनिबार, माघ २२, २०७८
स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार बिहान ८ः३० बजे बिरुवा गाउँपालकिा–३ धोबादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते
शनिबार, माघ २२, २०७८
प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
तानसेनमा ट्याक्टर र स्कुटर ठोक्किदा एकको मृत्यु
बुधबार, माघ १२, २०७८
तानसेनमा ट्याक्टर र स्कुटी ठोक्किदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो तानसेन नगरपालिका –७ बर्तुङ्ग स्थित सडकमा तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ३ त ४३१५ नम्वरको ट्याक्टर र सोही दिशाबाट गएको लु ४४ प १६१९ नम्वरको स्कुटर ठोक्किन पुग्दा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने
सोमबार, माघ १०, २०७८
निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।