छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु
शुक्रबार, चैत २, २०८०
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
शनिबार, फागुन १२, २०८०
सुक्खा पहिरोका कारण शुुक्रबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, बर्दिया, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाले अकालमै ज्यान गुमाएका हुन् ।
तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
आइतबार, फागुन ६, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा शनिबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु...
बस दुर्घटनामा २० जना घाइते
शनिबार, माघ २७, २०८०
चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक माघ १७ देखि बन्द हुुने
शुक्रबार, माघ १२, २०८०
जिल्लाका दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक निश्चित समयका लागि बन्द हुने भएका हुन् ।
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
शनिबार, पुस २८, २०८०
बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना भएको हो ।
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
शनिबार, पुस २८, २०८०
आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते
शुक्रबार, मंसिर १, २०८०
रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–८ भलुहीमा दाङबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस विहीबार राति पौने १२ बजे पल्टिँदा २० यात्रु घाइते भएका हुन् ।
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु
सोमबार, असोज २२, २०८०
जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।