Shittalpati
रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध
रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो ।
गुल्मीमा पाँच दिनदेखि हराएका कुमाल मृत अवस्थामा
गुल्मीमा पाँच दिनदेखि हराएका कुमाल मृत अवस्थामा पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।
पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक पुरुषको मृत्यु
पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक पुरुषको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका ४ खानीछापमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । खानिछाप बस्ने ४८ वर्षीय रोमन सिं सारुको रुखबाट लडेर शुक्रबार मृत्यु भएको हो ।
बाढीपहिरोः १६ जना अझै बेपत्ता
बाढीपहिरोः १६ जना अझै बेपत्ता यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् ।
पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए
पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक खुलाउने लामो प्रयासपछि आइतबार ३ बजेदेखि एकतर्फी खुलेको हो ।
सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन
सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार विहानसम्म पनि खुल्न नसकेको हो ।
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ । लगातार आएको पानीका कारण नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको हो ।
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् ।
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि विहिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
Weather Update