जिप दुर्घटनामा एकको मृत्यु
आइतबार, असार २८, २०७७

मृत भनिएका व्यक्ति जीवित भेटिए
आइतबार, असार २८, २०७७
पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका–५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए ।

च्याउ खाँदा चार बिरामी
शनिबार, असार २७, २०७७
रुपन्देहीको रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन् ।

प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
शनिबार, असार २७, २०७७
प्रदेश पाँचका तीन जिल्लामा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार रुपन्देही, गुल्मी र प्यूठानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ९ शंकरपुर चोक नजिकै सिद्वार्थ राजमार्ग सडक खण्डमा ट्रकमा ठोकिन जाँदा एक जनाको मृत्यु भएको प्रादेशीक प्रहरीले जनाएको छ...

गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
शनिबार, असार २७, २०७७
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगाक निवासी बसन्त नेपालीको श्रीमती ३४ वर्षकी गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।

गुल्मीमा ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु
शुक्रबार, असार २६, २०७७
जिल्लामा ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ का ६२ वर्षका यमबहादुर श्रीसको मृत्यु भएको हो । खेतको कुलो बनाउने क्रममा माथिबाट एक्कासी खसेको पहिरोको ढिस्कोले उनलाई पुरेको थियो । श्रीसको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा परी चारको मृत्यु, नौ घाइते
शुक्रबार, असार २६, २०७७
अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

चरेससहित दुई जना पक्राउ
सोमबार, असार २२, २०७७
लागूऔषध चरेससहित रुपन्देहीमा दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका १४ तामनगरको हरियाली टोलबाट साढे २२ किलो चरेस सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका...

क्वारेन्टाइनमा रहेका युवकको मृत्यु
आइतबार, असार २१, २०७७
क्वारेन्टाइनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको सोमबार बिहान मृत्यु...

विदेशमा थप १३ नेपालीको मृत्यु
आइतबार, असार २१, २०७७
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र...

गुल्मी पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न काँग्रेसको आग्रह
आइतबार, असार २१, २०७७
पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न नेपाली काँग्रेस गुल्मीले सरकारलाई आग्रह गरेको छ । अविरल वर्षका कारण गत विहिबार राती गएको पहिरोले प्रभावित इस्मा गाउँपालिका १ जुकेपानी, तोरिखर्क र मल्दीका पहिरो प्रभावितहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको हो । पहिरोले पुरिएर १८ वर्षका बच्चा सहित दुई जनाको मृत्यु...

प्रदेश पाँचमा बाढीपहिरोको असर
शनिबार, असार २०, २०७७
वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश पाँचका विभिन्न जिल्लामा असर पुर्याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ । रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन गाउँपालिका –४ स्थित भैरवघाटको नदीमा पौडी खेल्न गएका बेला बाढीले बगाएर...

गुल्मी पहिरो अपडेट : १८ महिने बच्चा सहित दुईको मृत्यु, पाँच घाइते
शुक्रबार, असार १९, २०७७
जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा विहिबार राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ, भने पाँच जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले पुरिएर १८ महिने सुजन सारु र ७ वर्षकी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा उद्धारमा...