आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
सोमबार, चैत १८, २०८१

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो
सोमबार, चैत १८, २०८१
अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

पाल्पामा वैदेशिक रोजगारीमा जाने पाँच हजार बढीले लिए सेवा
सोमबार, चैत १८, २०८१
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ । तानसेन नगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।

यसरी सुधार गरौं गणतन्त्रलाई
सोमबार, चैत १८, २०८१
जनताको शासन व्यवस्था मानिने गणतान्त्रिक शासन व्यवस्था अभ्यासको करीव दुई दशक अवधि पुरा गर्दै गर्दा यसबाट राजनीतिक नेतृत्व र त्यसको वरपर घुमिरहने सिमित कार्यकर्ता बाहेक अधिकाश जनतामा सकरात्मक आशा जगाउन नसकेको कुरामा दुईमत रहँदैन् । जनताको शासन व्यबस्था मानिने गणतन्त्र पनि जनताको शासन व्यवस्था बन्न सकेको देखिदैन् ।

अटिजम भएकाहरुको पहिचान गरी उपचारमा संलग्न गराऔं
सोमबार, चैत १८, २०८१
मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्छ ।

सरकारले दियो भोलि सार्वजनिक बिदा
आइतबार, चैत १७, २०८१
सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक सूूचनामार्फत जानकारी गराएको छ ।

पाल्पाको छहरामा जेठ २३ मा ‘साहित्य संगम’ हुने
आइतबार, चैत १७, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा ‘साहित्य संगम’ कार्यक्रम हुने भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा २०८२ जेठ २३ गते ‘साहित्य संगम’ हुने भएको हो ।

चैतको २९ देखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुँदै
आइतबार, चैत १७, २०८१
जिल्ला सदरमुकाम तम्घासमा यही चैतको अन्तिम सातादेखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २९ गतेदेखि आगामी वैशाख १२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा मतदान सम्पन्न
आइतबार, चैत १७, २०८१
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ । मतदान प्रक्रिया बिहान १० बजे सुरु भई १२ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले केहीबेरमा मतगणना सुरू गर्ने तयारी गरेको जनाएको छ । नेतृत्व चयनका लागि देशभरबाट लुम्बिनी पुग्नुभएका १८२ प्रतिनिधिमध्ये...

निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
आइतबार, चैत १७, २०८१
रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
-1721213853.jpg)
सुनमा मूल्य उच्चविन्दुमा
आइतबार, चैत १७, २०८१
निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नागरिकको अवस्था सुधार गर्ने दिशामा केन्द्रीत हुन जरुरी छ ः काँग्रेस नेता राना
आइतबार, चैत १७, २०८१
नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रभावशाली नेता वीरबहादुर रानाले आम नागरिकको अवस्था सुधार गर्ने दिशामा राजनीतिक दलहरु लाग्न जरुरी रहेको बताएका छन् । शनिबार नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनलाई झडेवामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।