Shittalpati
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । 
किसानलाई रुवाएर देश समृद्ध बन्दैन
किसानलाई रुवाएर देश समृद्ध बन्दैन अर्थतन्त्रको मुख्य आधार कृषि हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा समेत कृषिले नै ओगटेको छ । कृषि कर्मलाई संवेदनशील पेसाको रूपमा हेरिएको पाइन्छ । उत्तम खेती, मध्यम व्यपार र तल्लो श्रेणीमा नोकरी भन्ने भनाइ पनि छ । तर राज्य तवरबाट यही पेशा गर्नेहरु पीडित छन् ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो । 
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 
सत्तामुखी मनोवृत्ति बदलौँ
सत्तामुखी मनोवृत्ति बदलौँ पछिल्लो केही वर्ष यता नेपालको राजनीति सत्ता वरपरमै सिमित बन्न पुगेको छ । केही सिमित नेताहरुको हातमा राज्यसत्ता कब्जा छ । उनीहरु जनभावना अनुसार काम गर्नु पर्नेमा सत्ता हात पार्नमै लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह, गुट, फुट र स्वार्थ हाबी छ । जनता साँढेको जुधाइ बाछाको मिचाइमा छन् ।
नेपाल स्वास्थ्य सम्मेलन सुरु
नेपाल स्वास्थ्य सम्मेलन सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ ।
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’ इसाई धर्मावलम्बीले बुधबार (२५ डिसेम्बर) धुमधामका साथ क्रिसमस मनाएका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका हुुन् ।
सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो ।
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरीन् । 
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् । 
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।
Weather Update