पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
बुधबार, पुस १०, २०८१
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
बुधबार, पुस १०, २०८१
रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् ।
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
बुधबार, पुस १०, २०८१
रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।
आज ‘क्रिसमस डे’ मनाइँदै
बुधबार, पुस १०, २०८१
आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस’ पर्व मनाइरहेका छन् ।
क्रिसमसको शुभकामना
बुधबार, पुस १०, २०८१
बुधबार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् ।
चिलाङ्दीमा सुरु भयो पाल्पा महोत्सव
मंगलबार, पुस ९, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाको प्रवद्र्धन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा मंगलबारदेखि बगनासकाली–१ चिलाङ्दीमा पाल्पा महोत्सव सुरु भएको छ । १८ गतेसम्म सञ्चालन हुने महोत्सवको एक कार्यक्रमकाबिच शुभारम्भ गरिएको हो ।
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक
मंगलबार, पुस ९, २०८१
कैलाशनगर मिडिया प्रालिका प्रबन्धक इन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका ९३ वर्षीय पिता जदुपति पाण्डेको मंगलबार बिहान निधन भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
मंगलबार, पुस ९, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दाङ, सर्लाही, मकवानपुर, ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ
मंगलबार, पुस ९, २०८१
के तपाईं झोले व्यक्तिसँग सुनको बहुमूल्य गरगहना सफा गराउँदै त हुनुहुन्न ? के कसैले सुनका गहना सफा गरिदिन्छु भन्यो भनेर मख्ख पर्नुभएको त छैन् ? यदि हुनुहुन्छ भने बेलैमा होसियारी अपनाउनु होला । किनभने, त्यो मानिस सुन चोर पनि हुन सक्छ ।
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण
मंगलबार, पुस ९, २०८१
नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई
मंगलबार, पुस ९, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाले सो अवधिमा सञ्चालन गरेका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
कृषि अनुदान दिने मात्र होइन, नियमन पनि गर
मंगलबार, पुस ९, २०८१
सामान्य अर्थमा कृषि अनुदान भनेको सरकार वा अन्य निकायद्वारा किसानलाई प्रदान गरिने आर्थिक सहायता हो । यसको उद्देश्य कृषिमा उत्पादन बढाउने र किसानको जीवनस्तर सुधार गर्नु हो । किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ ।
पाल्पामा सुनका गहना ठगी गर्ने चार जना पक्राउ
सोमबार, पुस ८, २०८१
जिल्लामा सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने चार जना पक्राउ परेका छन् । यहाँको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गढीमा नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।