Shittalpati
अराजक बन्दै राजावादीको प्रदर्शन
अराजक बन्दै राजावादीको प्रदर्शन राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका ठाउँ ठाउामा ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।अहिले पनि त्यहाँ प्रदर्शनकारीले व्यक्तिका घरहरू तोडफोड र आगजनी गरेका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ७६ हजार पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ७६ हजार पुग्यो सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन शुक्रबार एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
पाल्पा अस्पतालले मनायो ११३ औँ वार्षिकोत्सव
पाल्पा अस्पतालले मनायो ११३ औँ वार्षिकोत्सव पाल्पा अस्पतालले ११३ औं वार्षिकोत्सव मनाएको छ । वि.सं. १९६९ मा स्थापना भएको अस्पतालले एक भव्य समारोहकाबिच पहिलो पटक वार्षिकोत्सव मनाएको हो ।
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक ९सइ०लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु
तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ ।
मातृशिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रदेश सरकार
मातृशिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारले बढ्दो मातृ तथा शिशु मृत्युदर घटाउन विशेष अभियान सञ्चालन गरेको छ । प्रदेशमा सबै भन्दा बढी मातृशिशु मृत्युदर रहेकाले त्यसलाई कम गर्न प्रदेश सरकारले पाल्पाबाट अभियानको सुरुवात गरेको हो ।
संघीय संसद्का दुवै सदनको बैठक स्थगित
संघीय संसद्का दुवै सदनको बैठक स्थगित नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषय चर्किंदा संघीय संसद्का दुुवै सदनका बैठक बिहीबार पनि स्थगित भएका छन् ।
माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनि विक’
माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनि विक’ माछापुच्छ्रे बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाएको छ । बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा यो कार्यक्रम मनाउने गर्दछ । यस वर्ष ४ चैतदेखि १० चैतसम्म परेको ग्लोबल मनि विक अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्याक्रम गरी मनाएको...
जनता सचेत बनौं
जनता सचेत बनौं यति बेला जनतामा त्रास पैदा भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीहरु सक्रियतासाथ आम्नेसाम्ने भएर गत एक महिनादेखि उभिँदै आएका छन् । यी दुवै पक्ष जुध्न लागेका साँढेजसरी थान थापेर बसेका छन् र दुवै पक्ष पछि हट्ने मनस्थितिमा छैनन् । जसले गर्दा अब मुलुकमा कति खेर के हुने हो भनेर आम...
तानसेन महोत्सव चैत २२ देखि हुँदै
तानसेन महोत्सव चैत २२ देखि हुँदै दोस्रो तानसेन महोत्सव यही चैत २२ गतेदेखि हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, वन तथा वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय घरेलु तथा साना उद्योग पाल्पाकोे सह आयोजना तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव हुन लागेको हो...
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन’
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन’ गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने बताएका छन् । उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताए ।
Weather Update