आज भीमा एकादशी व्रत
शनिबार, माघ २६, २०८१

नागरिकमा आशा जगाऊ
शनिबार, माघ २६, २०८१
देशमा बहुमतको सरकार छ । मुलुककै ठूला दुई दल नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार हुँदा आम जनताले ठूलो अपेक्षा गरेका थिए । तर जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । सरकारदेखि संसदसम्मका कामकारवाहीले आशा जगाउन नसक्दा आम नागरिकमा राजनीतिक दलदेखि नेताप्रति असन्तुष्टि बढेको छ ।

पाल्पा आवासीयको ‘स्वर्णतिरको यात्रा’
शनिबार, माघ २६, २०८१
जिल्लाको तानसेनमा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयले ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी र गुणस्तरी शिक्षाको मान्यता राखी २०३६ सालमा स्थापना भएको विद्यालयले ४५ औं वार्षिक उत्सव मनाउँदै स्वर्ण जयन्तीतिरको यात्रा तय गरेको हो ।

६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा केशर
शुक्रबार, माघ २५, २०८१
एक्चालिस बर्षको लक्का जवान, मझेरीमा मुढो जस्तै पल्टी रहन्छन् । बोली टाठो छ, अनुहारमा आशाका किरणहरु झल्की रहेका छन् ।

पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ
शुक्रबार, माघ २५, २०८१
पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।

सरकारलाई भारी बन्दै ‘अध्यादेश’
शुक्रबार, माघ २५, २०८१
बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो ।

एच.पी.भी. खोप अभियान र यसको सदुपयोग
शुक्रबार, माघ २५, २०८१
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एच.पी.भी. खोप अभियान सञ्चालन गरिएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियानमा १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिइदै छ ।

पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन
बिहीबार, माघ २४, २०८१
पाल्पा आवासी माध्यमिक विद्यालयका विद्यार्थीहरु तानसेनको भूूसालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् । विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयमा गठीत बालक्लवमा आवद्ध विद्यार्थीहरु त्यहाँ पुगेका हुन् ।

रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित
बिहीबार, माघ २४, २०८१
जिल्लाको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा सम्मानित भएकी छन् । विकास निर्माणमा नगरपालिकाबाट खेलेको भूमिकाको कदर गर्दै मुना मेमोरियल ट्रष्ट र सिर्जना आमा समूह रामपुरले थपालाई सम्मान गरेको हो ।

त्रिविले खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा
बिहीबार, माघ २४, २०८१
त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर तहको परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।

विद्यार्थीलाई छात्रवृत्ति वितरण
बिहीबार, माघ २४, २०८१
मुना मेमोरियल ट्रष्ट रामपुरले विद्यार्थी छात्रवृत्ति वितरण गरेको छ । स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत रामपुरस्थित जनकल्याण माध्यमिक विद्यालयकी छात्रा सावित्री गैरेलाई छात्रवृत्ति प्रदान गरिएको हो ।