प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
बिहीबार, चैत १४, २०८१

सदनदेखि सडकसम्म चर्कियो आन्दोलन
बिहीबार, चैत १४, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सदनदेखि सडकसम्म आन्दोलन चिर्र्किएको छ । प्रतिपक्षी दलका सांसदहरुले बुधबारको संघीय संसद्का दुवै सदनमा आन्दोलन चर्काए भने घिसिङका समर्थकहरुले प्राधिकरणको कार्यालय अगाडि सडकमा प्रदर्शन गरे ।

आज विश्व रङ्गमञ्च दिवस मनाइँदै
बिहीबार, चैत १४, २०८१
आज विश्व र·मञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विस·तिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

लुम्बिनीका गाडीलाई हरियो प्लेटमा परिवर्तन गर्न परमादेश
बिहीबार, चैत १४, २०८१
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले लामो समयदेखि अलपत्र अवस्थामा रहेका ती सवारीसाधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन प्रयोजनका लागि सञ्चालन गर्न...

कुलमानको बर्खास्त : आन्दोलनलाई बल
बिहीबार, चैत १४, २०८१
सत्ताको रापमा कुलमान घिसिङलाई फाली हाले ओली कमरेडले । पटक–पटक तड्पाएर अन्ततःविद्युत् प्राधिकरणको प्रमुखबाट घिसिङलाई हटाइएको छ । कुलमानको पदावधि करिब ५ महिना थियो ।

सरकारमा बस्नेहरु गम्भीर बन
बिहीबार, चैत १४, २०८१
मुलुकमा देशका दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । शक्तिशाली दलहरु मिलेर बनेको सरकारबाट जनताले धेरै ठूलो अपेक्षा गरेका थिए ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरका लालबहादुर रास्कोटीको १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु
बुधबार, चैत १३, २०८१
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको बाँदर धपाउनका लागि राखिएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।

‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’
बुधबार, चैत १३, २०८१
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।

बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु
बुधबार, चैत १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर आज विहान मृत्यु भएको हो ।

गडगडीमा पुल निर्माणको माग
बुधबार, चैत १३, २०८१
स्थानीयवासीले यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्नुपर्ने माग गरेका छन् ।