कानूनी राज्यमाथि आक्रमण
सोमबार, माघ ७, २०८१

रिडी मेलाको मुख्य आकर्षक घरेलु सामग्री
आइतबार, माघ ६, २०८१
छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघे सङ्क्रान्तिका अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरु किनमेल गर्न आउनेहरुको घुइँचो लागेको थियो ।

ओझेलमा सिद्धे चमेरे गुफा
आइतबार, माघ ६, २०८१
तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।

अराजक गतिविधि बन्द गर
आइतबार, माघ ६, २०८१
पछिल्लो समय न्यायलयप्रतिको सम्मानमा आक्रमण हुँदै गएको छ । भित्र बहस चलिरहने र बाहिर अदालत परिसरमा अराजक गतिविधि हुनुले न्यायलयमाथि आक्रमण बढेको ठहर भएको छ । केही दिन अघि मात्रै काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको घटनाले लज्जित बनाएको छ ।

भार्सेका किसान व्यावसायिक किबीखेतीमा
आइतबार, माघ ६, २०८१
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ ।

पाल्पामा बढ्दो साइबर अपराध
आइतबार, माघ ६, २०८१
इन्टरनेटको पहुँच बढेसँगै पाल्पामा पनि साइबर अपराधको दर बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो ।

पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक
शनिबार, माघ ५, २०८१
पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।

स्याङ्जामा टिपर दुुर्घटना : एकको मृत्युु, चार घाइते
शनिबार, माघ ५, २०८१
स्याङजाको आँधिखोला गाउँपालिका –५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना भएको छ । शुक्रबार राती कृषिबाट ओहियातर्फ जाँदै गरेको ग. १ क. ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो ।

अनलाइनबाट नागरिकता सिफारिस
शनिबार, माघ ५, २०८१
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।

अवैध लागूऔषध ओसार–पसार बढ्दो
शनिबार, माघ ५, २०८१
नेपालमा पछिल्लो समय लागूऔषध दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो रहेको हो ।